Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

झापामा डेंगु संक्रमणबाट महिलाको मृत्यु


२८ भदाै, झापा । दूई महिना अघिदेखि झापामा फैलिएको डेंगु रोग नियन्त्रणमा आउन सकेको छैन । डेंगुका कारण झापामा थप एक बिरामीको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका –५ मा डेंगु संक्रमणबाट एक जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । एबीसी नेपालका अध्यक्ष कन्चना ढकालका अनुसार बहालमा बस्ने भारत घर भएकी करिव ३५ वर्षीया महिलाको डेंगुको संक्रमणबाट आज मुत्यु भएको हो ।

डेंगु संक्रमण भएको पुष्टि भएपछि उपचारका लागि भारतको सिलगुढी लैजाँदै गर्दा ती महिलाको मृत्यु भएको पनि उनले बताए । बिर्तामोडमा डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको जनाइएको छ ।

पछिल्लो समयमा डेंगुका कारण साउन यता झापामा ६ जनाको मृत्यु भइसकेको छ । जिल्लामा डेंगु संक्रमितको संख्या २ हजार ४३९ रहेको स्वास्थ्य कार्यालय झापाका तथ्याङ्क अधिकृत चुडामणि लुइटेलले जनाए । ७ हजार ३८ जनाको परीक्षण गर्दा यो संख्या निस्केको हो ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?