Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

झापामा डेंगु संक्रमणबाट महिलाको मृत्यु


२८ भदाै, झापा । दूई महिना अघिदेखि झापामा फैलिएको डेंगु रोग नियन्त्रणमा आउन सकेको छैन । डेंगुका कारण झापामा थप एक बिरामीको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका –५ मा डेंगु संक्रमणबाट एक जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । एबीसी नेपालका अध्यक्ष कन्चना ढकालका अनुसार बहालमा बस्ने भारत घर भएकी करिव ३५ वर्षीया महिलाको डेंगुको संक्रमणबाट आज मुत्यु भएको हो ।

डेंगु संक्रमण भएको पुष्टि भएपछि उपचारका लागि भारतको सिलगुढी लैजाँदै गर्दा ती महिलाको मृत्यु भएको पनि उनले बताए । बिर्तामोडमा डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको जनाइएको छ ।

पछिल्लो समयमा डेंगुका कारण साउन यता झापामा ६ जनाको मृत्यु भइसकेको छ । जिल्लामा डेंगु संक्रमितको संख्या २ हजार ४३९ रहेको स्वास्थ्य कार्यालय झापाका तथ्याङ्क अधिकृत चुडामणि लुइटेलले जनाए । ७ हजार ३८ जनाको परीक्षण गर्दा यो संख्या निस्केको हो ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?