Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सर्पले डसेर दुई महिनामा छ जनाको मृत्यु


२८ भदौ, दाङ । दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए । साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१ पुरुष सर्पले टोकेर घाइते भएका थिए । त्यस्तै साउन र भदौमा छ–छ बालबालिकालाई सर्पले टोकेको थियो ।

सर्पदंशका बिरामी मध्ये साउनमा एक महिला, दुई बालबालिका, दुई पुरूष तथा भदौमा एक पुरूषको मृत्यु भएको हो । जिल्लामा सर्पदंशको प्रभावकारी उपचार नहुँदा यसरी बिरामीको मृत्यु हुने गरेको छ भने कतिपय बिरामीलाई दाङबाट नेपालगञ्ज वा गोरुसिङ्गे लैजाने गरिएको छ ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?