चितवन । नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टी विस्तारित एउटा ठूलो परिवार भएको बताउनु भएको छ । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै भन्नुभयो, ‘विस्तारित परिवारमा समस्या आउँछ, प्रश्न उठ्छ, एकअर्काप्रति असन्तुष्टि उत्पन्न हुन्छ, तर परिवारभित्रको विवाद मिलाउँदै अगाडि बढ्नुपर्छ
१९ ,असोज ,काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशमा सुशासन कायम गर्नु आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको बताएका छन् । पार्टीको मेची–काली अभियानअन्तर्गत आज हेटौँडामा आयोजित जनसभामा अध्यक्ष नेपालले नागरिकका समस्या समाधान गर्ने तथा सुशासन कायम गर्ने विषयलाई प्रमुख कार्ययोजनाका रूपमा पार्टीले अघि बढाएको बताए
१९ ,असोज ,काठमाडौँ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) लाई अन्तिम रूप दिने उद्देश्यका साथ नेपाल र भारतका उच्च अधिकारीको बैठक सुरु भएको छ । आजदेखि यहाँ सुरु भएको बैठकमा नेपालका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारीको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ । यस्तै, भारतीय जल आयोग
१९ ,असोज ,काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट २०२३ अन्तर्गत आज भएको दोस्रो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई जितको लागि दुई सय ८७ रनको लक्ष्य दिएको छ । भारतको हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८६ रनको योगफल बनायो । पाकिस्तानका विकेट किपर मोहम्मद
१९ ,असोज ,काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जले शिष्टाचार भेट गरेका छन् । आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उनिहरूबीच नेपाल–जर्मनीबीचको कूटनीतिक सम्बन्धमा विषयमा छलफल भएको थियो । सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९५८ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात नेपाल र जर्मनीबीचको सम्बन्ध मैत्रीपूर्ण
१९ ,असोज ,काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले शिक्षा क्षेत्रको अपेक्षा र अवस्था नहेरी विद्यालय शिक्षासम्बन्धी विधेयक आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले मुलुकको शैक्षिक समस्या समाधानका लागि विधेयक संशोधन
१९ ,असोज ,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक (सामान्य) छलफल सकिएको छ । उक्त छलफलमा ६० भन्दाबढी सांसद्ले भाग लिएका थिए । सभाको आगामी बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेछन् । प्रतिनिधिसभाको अर्काे बैठक यही असोज २१ गते आइतबार
१९ ,असोज ,काठमाडौँ । संविधानले परिकल्पना गरेको समाजवादमा पुग्नका लागि गुणस्तरीय, पहुँचयोग्य र समावेशिता चरित्रसहितको शिक्षा प्रणालीको विकास गरिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘विद्यालय शिक्षा विधेयक, २०८०’ माथिको छलफलका क्रममा सांसदहरुले शिक्षालाई सर्वसुलभ र सबैको पहुँचमा पुग्ने बनाउनुपर्ने बताए । उनिहरुले आन्दोलनरत शिक्षकसँग भएका सहमतिको अक्षरशः
१९ ,असोज ,काठमाडौँ । अनलाइन बेटिङबाट रु २४ करोड बराबरको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निजलाई पक्राउ गरेको हो । पक्राउपर्नेमा झापा दमक नगरपालिका–१२ घर भएका ३० वर्षीय पिन्टुकुमार साह रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँ मीनभवनका
१९ ,असोज ,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जघन्य अपराधमा अदालतबाट दोषी ठहर गरी जन्मकैदको सजाय भोगिरहेका व्यक्तिलाई संविधान दिवसको अवसरमा दिइएको माफीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग जानकारी माग गरेको छ । सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९(४) को खण्ड (घ) एवं मानव अधिकारको मान्यताअनुरुप कैद माफी