Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

मानव सेवा नै सर्वोच्च सेवा: मन्त्री शर्मा


दाङ । सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मानव सेवा नै सर्वोच्च सेवा भएको बताउनुभएको छ । मानव कल्याण समाज (सेवा घर) दाङ शाखा नारायणपुरको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि क्षेत्रबाट गरिने मानव सेवा सर्वोच्च सेवा हुने धारणा राख्नुभयो ।

कसैले राजनीतिको माध्यमबाट र कसैले अन्यअन्य माध्यमबाट मानव सेवा गरिरहेको भए पनि सडकमा अलपत्र नागरिकलाई उद्वार गरेर स्याहार र उपचार गर्नु मानव सभ्यताका हिसाबले पनि सर्वोत्तम सेवा भएको मन्त्री शर्माको धारणा थियो । कुनै पनि नागरिक सडकमा अलपत्र नहोस भनेर सरकार लागिरहेको उल्लेख गर्दै उहाँले जनस्तरबाट संचालित सस्थाहरुबाट मानवीय सेवा कार्यक्रम सन्चालन गर्दा राज्यलाई फाइदा पुगेको बताउनुभयो ।

मानव सेवाको पक्षमा सन्चालित अभियानहरुमा सरकारसहित सबैले सहयोग गर्नुपर्नेमा पनि मन्त्री शर्माले जोड दिनुभयो । पछिल्लो समय जन्मदिन, विवाह, बुवाआमाको सम्झना आदिमा दान सहयोग गर्ने प्रचलन बढ्नु राम्रो भएको उल्लेख गर्दै उहाँले पुग्नेबाट लिएर अभावमा रहेकालाई सहयोग गर्नु सामाजिक न्यायका दृष्टिले पनि उपयुक्त हुने बताउनुभयो ।

मानिस गरिबीका कारणले भन्दा पनि बढी पारिवारिक हिंसाका कारणले घर छाडेर सडकमा निस्कने गरेको उल्लेख गर्दै उहाँले हरेक घर परिवारलाई हिंसारहित बनाउन जोड दिनुपर्ने र पीडितलाई मनोसामाजिक परामर्श पनि दिनुपर्ने बताउनुभयो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष दीपक पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको थियो । सेवाघरको सेवाको बारेमा समाजका केन्द्रीय सचिव विजयकुमार पोख्रेलले जानकारी गराउनुभएको थियो ।

हुनेबाट सहयोग, नहुनेलाई उपयोग भन्ने नाराका साथ संचालित सेवा घरमा हाल ४२ जना असहाय र बेसहारा नागरिक राखिएको छ । सडकपेटी तथा अन्य स्थानमा बेसहारा जीवन विताइरहेका नागरिकको उद्वार गरी सेवाघरमा स्याहार र उपचार गर्ने गरिएको छ । समाजले देशभर सात वटा शाखामार्फत चार सय पचास जना बेसहारा नागरिकलाई सहारा दिइरहेको छ ।

यसैबिच मन्त्री रेखा शर्माले सामुदायिक विकासमा टोल विकास सस्थाहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । घोराही उपमहानगरपालिका- १५ स्थित कस्तुरीनगर टोलबासीसँग शुक्रबार बिहान छलफल गर्दै उहाँले हरेक योजना निर्माणदेखि कार्यान्वयन र मूल्यांकन सम्ममा टोल विकास समितिहरु लाग्नुपर्ने कुरामा जोड दिनुभएको हो ।

स्थानीयस्तरको विकास निर्माणका लागि सबै मिलेर लाग्नुपर्नेमा जोड दिदै मन्त्री शर्माले टोलमा भएका समस्या समाधानका लागि पनि आफुले पहल गर्दै आएको बताउनुभयो । जुन सुकै विकास निमाणर्का लागि सबैको साथ सहयोग आबस्यक रहने भन्दै टोलबासीहरु पनि जागरुक हुनु पर्ने धारणा राख्नुभयो ।

विशेषगरि स्थानीयस्तरको विकासको नेतृत्व स्थानीय तहले गर्नुपर्ने बताउँदै उहाँले त्यसका लागि सङ्घ र प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताउनुभयो । निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार विकास निर्माणका कामहरु गरिरहेको बताउँदैै आगामी दिनमा थप काम हुने बताउनुभयो ।


प्रकाशित मिति: १ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?