१ वैशाख, पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालको बीचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरको पुनःनिर्माण प्रक्रिया थालिएको छ । धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भत्काइएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि पुनःनिर्माण गर्नुपर्ने अवस्था आएको हो । पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड
१ वैशाख ,बैतडी । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको छ । यसका साथै देवर भाउजु, नन्द भाउजु र साली
१ वैशाख ,रामपुर (पाल्पा) । वैशाख सङ्क्रान्ति तथा नयाँ वर्षको अवसरमा भक्तजन आज कालीगण्डकीमा स्नान गरिरहेका छन् । बिहानैदेखि कालीगण्डकीका महत्वपूर्ण तीर्थस्थल तथा घाटमा स्नान गर्ने र पूजाआजा गर्नेको घुइँचो लागेको छ । कालीगण्डकी नदीको रिडी, राम्दी, भुजात, ज्याग्दी, तातोपानी, रामघाट, केलादी, पुट्टारघाट, बालीघाटलगायतका घाटमा नदी स्नान गर्ने, नदी किनारमा
१ वैशाख ,भक्तपुर । भक्तपुरको दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर महादेवको पूजा गरे सबै रोग निको भई गरेका काम सफल हुने विश्वास रहिआएको छ । किंवदन्तीअनुसार सिकारीले मारेको भँगेरा चरखण्डीको पोखरीमा डुब्दा दैवी शक्तिका कारण
३० चैत्र ,काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दिनमा बाघ संरक्षणका निमित्त नवीनतम कार्यक्रम र बजेट तर्जुमा गर्न आह्वान गरेका छन् । यही चैत २६ देखि २८ गतेसम्म भारतले बाघ संरक्षण आयोजना सुरु गरेको ५०औँ वार्षिकोत्सव अर्थात स्वर्ण जयन्तीका अवसरमा भारतमा आयोजित कार्यक्रममा नेपालका तर्फबाट प्रधानमन्त्री एवं
३० चैत्र ,काठमाडौँ । नेपाल पत्रकार महासङ्घले आगामी आर्थिक वर्षको बजेटमा पत्रकारका मुद्दा सम्बोधनका लागि बजेट विनियोजनका लागि आग्रह गरेको छ । महासङ्घका अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले आज अर्थमन्त्री डा प्रकाशशरण महत र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई छुट्टाछुट्टै भेट गरी पत्रकारका माग सम्बोधनका लागि आग्रह गरेको हो
३० चैत्र ,लेखनाथ । पोखराको लेकसाइडमा सुरु भएको फेवा नव वर्ष महोत्सवअन्तर्गत आज दोस्रो दिन फेवातालमा आयोजित डुङ्गा दौड प्रतियोगितामा तालपारिको समूह प्रथम भएको छ ।प्रतियोगितामा बाराही घाट ‘ए’ समूह द्वितीय भएको छ भने बाराही घाट ‘डी’ ले तृतीय स्थान हासिल गरेको छ । गौरीघाट ‘बी’ समूहले सान्त्वना स्थान प्राप्त
३० चैत्र ,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आज नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७८/७९ को सो प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
३० चैत्र ,काठमाडौँ । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले सङ्घीय शिक्षा ऐन तत्काल जारी गर्दै शिक्षकका समस्या समाधान गर्न माग गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष हिक्मतबहादुर बस्नेतले शैक्षिक र पेसागत क्षेत्रका समस्या समाधानका लागि सङ्घीय शिक्षा ऐनलगायत शिक्षा सम्बन्धित कानुन र नियमावली सकेसम्म चाँडो जारी
३० चैत्र ,काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७औँ साधारणसभामार्फत महासङ्घको २०औँ अध्यक्षमा उनि निर्वाचित भएका हुन् । अध्यक्ष शेखर गोल्छामार्फत् पद तथा गोपनीयताको शपथ लिएर उनले महासङ्घको अध्यक्षको जिम्मेवारीको यात्रा सुरु