Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

बसबाट हात बाहिर निकालेर यात्रा गरिरहेका व्यक्तिको ट्रकले हात चुँडाएपछि मृत्यु


१४ जेठ, हेटाैँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका –९ रजैयास्थित सडकखण्डमा बसमा सवार एक व्यक्तिले झ्यालबाट हात बाहिर निकालेको अवस्थामा मिनी ट्रकले हात चुँडाएपछि मृत्यु भएको छ । उनको २४ घण्टापछि आइतबार पहिचान खुलेको छ ।

हेटौँडाबाट चितवनतर्फ शनिबार बिहान ११ः२५ बजेको समयमा जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदैगरेको बा ३ ख ८३९४ नम्बरको बसमा चालकको सिटभन्दा पछाडि सिटमा बसी झ्यालबाट हात बाहिर निकालेको अवस्थामा सवार पोषण शैखको दाहिने हातको पाताभन्दा मुनिको भाग चुँडाएको थियो ।

हात चुँडिएको र निधारमा चोट लागेको अवस्थामा भारतको बिहान बेतिया १२ सुनवर्षाका १८ वर्षीय घाइते शैखलाई चुँडिएको हातसहित उपचारको लागि सोही बसमा हेटौँडा अस्पतालमा ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्युभएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतकको २४ घण्टापछि पहिचान खुलेको जानकारी दिँदै ट्रक र ट्रकचालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?