Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

बसबाट हात बाहिर निकालेर यात्रा गरिरहेका व्यक्तिको ट्रकले हात चुँडाएपछि मृत्यु


१४ जेठ, हेटाैँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका –९ रजैयास्थित सडकखण्डमा बसमा सवार एक व्यक्तिले झ्यालबाट हात बाहिर निकालेको अवस्थामा मिनी ट्रकले हात चुँडाएपछि मृत्यु भएको छ । उनको २४ घण्टापछि आइतबार पहिचान खुलेको छ ।

हेटौँडाबाट चितवनतर्फ शनिबार बिहान ११ः२५ बजेको समयमा जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदैगरेको बा ३ ख ८३९४ नम्बरको बसमा चालकको सिटभन्दा पछाडि सिटमा बसी झ्यालबाट हात बाहिर निकालेको अवस्थामा सवार पोषण शैखको दाहिने हातको पाताभन्दा मुनिको भाग चुँडाएको थियो ।

हात चुँडिएको र निधारमा चोट लागेको अवस्थामा भारतको बिहान बेतिया १२ सुनवर्षाका १८ वर्षीय घाइते शैखलाई चुँडिएको हातसहित उपचारको लागि सोही बसमा हेटौँडा अस्पतालमा ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्युभएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतकको २४ घण्टापछि पहिचान खुलेको जानकारी दिँदै ट्रक र ट्रकचालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?