Trending
>>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

अमेरिकामा ऋणको सीमा बढाउन “सैद्धान्तिक सम्झौता”


१४ जेठ, एजेन्सी । अमेरिकी ह्वाइट हाउस र रिपब्लिकनहरूले विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ऋणको सीमा बढाउन शनिबार “सैद्धान्तिक सम्झौता” गरेका छन्।

यो सहमति एक महत्वपूर्ण कदम हो र यसले आवश्यक सम्झौताको प्रतिनिधित्व गर्दछ, अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । “वार्ता टोलीले यसको पाठलाई अन्तिम रूप दिनेछ र सम्झौता हाउस र सिनेटमा जानेछ,” राष्ट्रपतिले भनेका छन् ।

अमेरिकी सदनका सभामुख केभिन म्याकार्थीले पनि आफ्नो सामाजिक सञ्जालमा यस बारे उल्लेख गरेका छँन्।

ऋण सीमा सम्झौताको पाठ आइतबार सांसदहरूलाई उपलब्ध हुनेछ र प्रतिनिधिसभाले बुधबार मतदान गर्नेछ, म्याकार्थीले भने । अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले शुक्रबार यदि कांग्रेसले ५ जुनसम्म ऋण सीमा बढाएन वा निलम्बन नगरेमा ट्रेजरी विभागसँग सरकारको दायित्वहरू पूरा गर्न स्रोतहरू पर्याप्त नहुने बताएका छन् ।

अमेरिकी कङ्ग्रेसनल रिसर्च सर्भिसका अनुसार दोस्रो विश्वयुद्धपछि ऋणको सीमा १०२ पटक परिमार्जन गरिएको छ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?