२० असार, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका सम्बन्धमा असहमति जनाएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकारबीच सहमति भएको छ । बजेटका विषयमा असहमति राख्दै आएकामा प्रमुख प्रतिपक्ष दल सहमत भएपछि आजदेखि बैठक सञ्चालन हुने भएको हो । यसअघि लगातार बैठक अवरुद्ध गर्दै आएको प्रमुख बिपक्षी दलले
२० असार, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले यही असार २१ गते रू १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ । सरकारको तर्फबाट राष्ट्र बैंकले बोलकबोलमार्फत् विकास ऋणपत्र २०८६ ‘च’ निष्काशन गर्न लागेको हो । छ वर्षे अवधिको
२० असार, दाङ । दाङको देउखुरीस्थित गढवा गाउँपालिका पूर्णखोप सुनिश्चित गाउँपालिका भएको छ । मङ्गलबार आयोजित एक कार्यक्रममा सो घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक नित्यानन्द शर्माले पूर्णखोप सुनिश्चित गाउँपालिका भएको घोषणा गर्दै खोप यो कार्यक्रम निरन्तर चलिरहने र निर्धारित उमेर समूहका
२० असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत नन्दभाउजु उपभोक्ता समिति क्षेत्रभित्र पर्ने नारायणी नदीको भङ्गालोमा दुई वटा गैँडा मारेको अभियोगमा तीन जना पक्राउ परेका छन् । सोही घटनामा संलग्न रहेका दुई जना फरार रहेका निकुञ्जले जनाएको छ । निकुञ्जले आज कसरामा पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो
२० असार, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही असार २९ गते फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने भएका छन् । समारोहमा प्रधानमन्त्री मोदीले विशेष अतिथिका रूपमा भागलिने पेरिसस्थित भारतीय राजदूतावासले जनाएको छ । भारतका तीनवटा राफेल लडाकु विमान पनि सोही अवसरमा आयोजना हुने
२० असार, काठमाडाैँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार दिउसो १.३० बजे बस्नेगरी एमालेले बैठक बोलाएको बताइएको छ । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको भन्दै दिएको अभिव्यक्तिप्रति पनि एमालेले आपत्ति जनाएको छ । यसै अभिव्यक्तिलाई लिएर एमालेले
२० असार, झापा । झापाको गौरिगन्ज गाँउपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । बुधबार बिहान गाउँपालिकाको वडा नं. ६ खजुरगाछी कन्चिरा भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय प्रसदिया सरदारका १५ वर्षीयका छोरा विजय सरदारको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरिगन्जले जनाएको
२० असार, पर्वत । अबिरल वर्षासँगै आएको पहिराले कक्षाकोठा पुरिँदा यहाँको एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ । पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना माध्यमिक विद्यालय दुई वटा भवन पुरेपछि समस्या भएको हो । असार १४ गते राति आएको अबिरल वर्षापछि गएको पहिराले विद्यालयको तीन–तीनकोठे दुईवटा भवनमा क्षति पुर्याएको
२० असार, महोत्तरी । पानीबिना छटपटाएका महोत्तरीका किसानले बल्ल असारे झरीको महसुस गरेका छन् । असार तेस्रो साता बित्नैलाग्दा बल्ल गए राति झमझम परेको पानीले यहाँका बासिन्दालाई असारे झरीको महसुस गराएको छ । मटिहानीका अजिज राइनले भने, “पानीले बल्ल माटो गलाएको छ ।” पानी परेपछि अब धानखेतीलाई मद्दत पुग्ने उहाँको भनाइ
२० असार, जाजरकोट । पुल निर्माणको म्याद सकिएको एक वर्ष बित्दा पनि भेरी करिडोर सडक आयोजनाअन्तर्गत नलगाड नगरपालिका–१२ तल्लुस्थित भेरी नदीमा पुल बन्न सकेको छैन । गत वैशाख ७ गते निर्माणाधीन बेलीब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए । पुल निर्माण गर्दा पुलमा भएको