Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

चट्याङ लागेर बालकको मृत्यु


२० असार, झापा । झापाको गौरिगन्ज गाँउपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

बुधबार बिहान गाउँपालिकाको वडा नं. ६ खजुरगाछी कन्चिरा भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय प्रसदिया सरदारका १५ वर्षीयका छोरा विजय सरदारको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरिगन्जले जनाएको छ । घरायसी काम गर्न खेतमा रहेको अवस्थामा चट्याङ पर्दा विजयको मृत्यु भएको हो ।

चट्याङले लागेर सोही ठाउँ बस्ने १६ वर्षीय मनिजुर आलम र २० वर्षीय सिकन्दर आलम घाइते भएका छन् । बिहान साढे ९ बजे परेको चट्याङले घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेहरु खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?