Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

फ्रान्सको राष्ट्रिय दिवसका विशेष अतिथि प्रधानमन्त्री मोदी


२० असार, एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही असार २९ गते फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने भएका छन् ।

समारोहमा प्रधानमन्त्री मोदीले विशेष अतिथिका रूपमा भागलिने पेरिसस्थित भारतीय राजदूतावासले जनाएको छ । भारतका तीनवटा राफेल लडाकु विमान पनि सोही अवसरमा आयोजना हुने सैन्य परेडमा सहभागी हुने छन् ।

बास्टिल डेका अवसरमा पेरिसको च्याम्प्स एलिसेसमा आयोजना हुने फ्लाइपास्टमा भाग लिन तीन वटा विमान पनि पेरिस आउने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राफेल लडाकु विमान अन्य फ्रान्सेली विमानसँगै परेडमा उड्नेछन् । यसअघि एङ्ग्लो–फ्रान्सेली जगुआर लडाकु विमान परेडमा सामेल भएका थिए ।

प्रधानमन्त्री मोदीको यो भ्रमण फ्रान्स र भारतबीचको रणनीतिक साझेदारीको २५औँ वार्षिकोत्सवका बेला हुन लागेको हो । भारतले अन्तिम पटक सन् २००९ मा परेडमा भाग लिएको थियो । त्यसबेला प्रधानमन्त्री मनमोहन सिंह भारतीय सैन्य दलसँगै सहभागी भएका थिए ।

यसैबीच, फ्रान्सेली राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति इम्यानुएल म्याक्रोँको निमन्त्रणालाई प्रधानमन्त्री मोदीले स्वीकार गरेका छन् । भारतका प्रधानमन्त्रीको भ्रमणले जलवायु परिवर्तन, जैविक विविधता संरक्षण तथा दिगो विकासका लक्ष्य हासिल गर्नेलगायत वर्तमान विश्वका चुनौतीको सामना गर्न साझा प्रयास प्रारम्भ गर्न अवसर जुटाउने विश्वास फ्रान्सले गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

प्रधानमन्त्री मोदीको भ्रमणबाट भारत–फ्रान्स रणनीतिक, सांस्कृतिक, वैज्ञानिक, शैक्षिक र आर्थिक सहयोगका लागि नयाँ एवम् महत्वाकाङ्क्षी लक्ष्य निर्धारण गरेर द्विदेशीय रणनीतिक साझेदारी अर्को चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?