Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

म्याद सकिएको एक वर्ष बित्दा पनि बनेन पुल


२० असार, जाजरकोट । पुल निर्माणको म्याद सकिएको एक वर्ष बित्दा पनि भेरी करिडोर सडक आयोजनाअन्तर्गत नलगाड नगरपालिका–१२ तल्लुस्थित भेरी नदीमा पुल बन्न सकेको छैन ।

गत वैशाख ७ गते निर्माणाधीन बेलीब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए । पुल निर्माण गर्दा पुलमा भएको क्षतिको यकिन भई सडक विभागले उक्त क्षति भएको पुलको सामग्री दिन तयार भइसकेको अवस्था छ ।

पुल निर्माण गर्न बाँकी रहेको सामग्री लिनका लागि निर्माण व्यवसायी (छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का निर्माण व्यवसायी भएको) हिम सगरमाथा÷खड्का कृष्ण जेभी प्रतिनिधि बुिद्धबहादुुर खत्रीले आलटाल गरेको भेरी करिडोर आयोजनाका प्रमुख सुजन अधिकारीले आरोप लगाए ।

निर्माण व्यवसायी खत्रीले आफूले अहिलेसम्म काम गरेको भुक्तानी नै नपाएको बताउनुभयो । निर्माण व्यवसायीले बैंक ग्यारेन्टी र बीमाको काम नगर्दा समस्या भएको भेरी करिडोर सडक आयोजना कार्यालयले जनाएको छ । सडक आयोजना र निर्माण व्यवसायीबीचको बिबादले पुल निर्माणमा समस्या हुँदै आएको छ । पुलको सामग्री धनगढी र नेपालगन्जमध्ये एउटा ठाउँमा रहेको आयोजनाका प्रमुख सुजन अधिकारीले बताए ।

सडक डिभिजन चौरजहारीले उक्त ठेक्का खोलेको थियो । यो आर्थिक वर्षभित्र निर्माण गर्ने भन्दै ठेक्काको थपिएको म्यादसमेत समाप्त भइसकेको छ । भत्किएको बारेमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको थियो । समितको प्रतिवेदन सार्वजनिक गरिएको छैन । प्रतिवेदनबारे आफूलाई जानकारी नभएको आयोजनाका प्रमुख अधिकारीले बताए ।

पुलका कारण डोल्पामा सिधा यातायात सेवासमेत बन्द भएको छ । अस्थायीरूपमा पाइप राखेर आवतजावत गर्न बनाएको सामग्रीसमेत भेरी नदीले बगाएको छ । उक्त सामग्री बगाएसँगै सबै सवारीसाधन भेरी नदीको दुवै किनारतर्फ थन्किएका छन् । विसं २०७८ पुस १६ गते रु तीन करोड ८५ लाखको लागतमा काम सुरु भएको थियो । पुलको पहिलो म्याद २०७९ असार १५ गते सकिएको थियो ।

थपिएको म्यादमा समेत पुल निर्माण नहुँदा डोल्पा, जाजरकोट र रुकुमपश्चिमको यातायात सेवा प्रभावित भएको छ । कार्यालय र निर्माण व्यवसायीले एकले अर्कालाई आरोप लगाउँदा पुल निर्माणको म्याद लम्बिएको छ । भेरी करिडोर सडकभित्र पर्ने जाजरकोट सदरमुकामबाट पुल निर्माणस्थल तल्लुसम्म ५६ किलोमिटर सडक कालोपत्र भइरहेको छ ।


प्रकाशित मिति: २० असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?