Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

समाचार


साफ च्याम्पियनसीपका लागि राष्ट्रिय टोलीको घोषणा

२५ जेष्ठ ,काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतमा आयोजना हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसीपका लागि आज नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । आगामी असार ६ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय नेपाली टोलीको

आगामी असार १५ गते राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव

२५ जेष्ठ ,काठमाडौँ । सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आगामी असार १५ गते २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने भएको छ । कृषि विभागका महानिर्देशक हरिबहादुर केसीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले विसं २०६१ देखि मनाइँदै आएको धान दिवस

स्वास्थ्यमन्त्रीद्वारा हेटौँडा अस्पतालको अनुगमन

२५ जेष्ठ ,हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरिरहेको हेटौँडा अस्पतालको सङ्घीय र प्रदेशका स्वास्थ्यमन्त्रीले अनुगमन गरेका छन् । आज सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले हेटौँडा अस्पतालको अनुगमन गरेका हुन् । उनिहरूले अस्पतालको आकस्मिक कक्ष, बहिरङ्ग कक्ष, भर्ना भएका बिरामीको

चीनसँग नेपालको लज्जास्पद हार, एसिया कप छनोट सम्भावना कमजोर

२५ जेठ, काठमाडाैँ । एएफसी महिला यू–२० एसिया कप छनोट खेलमा नेपालले चीनसँग फराकिलो हार खेपेको छ । म्यानमारमा जारी छनोट खेलमा नेपाल बिहीबार चीनसँय ५–० गोलले पराजित भयो । नेपालको यो लगातार दोस्रो हार हो । समूह ‘बी’को पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ५–० गोलले नै पराजित भएको थियो ।

कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ मनोनित

२५ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसको प्रतिनिधि सभा सचेतकमा प्रतिनिधि सभा सदस्य सुशीला थिङ मनोनित भएकी छन् । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टीको विधानअनुसार आज (बिहीबार) सदस्य थिङलाई सचेतक पदमा मनोनयन गरेको संसदीय दलको नेताको सचिवालयका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

हवाई टिकट बिक्रीमा ह्याकरको अनधिकृत प्रवेश, साइबर ब्यूरोले सुरू गर्यो अनुसन्धान

२५ जेठ, काठमाडाैँ । केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरुले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ । उनीहरूले फिसिङको माध्यामबाट लगइन नेम र पासवर्डमा अनाधिकृत पहुँच पुर्‍याएर विदेशी टिकट इस्यु गरेको उजुरी परेपछि साइबर ब्यूरोले अनुसन्धान थालेको हो

इलाममा एमाले नेतामाथि आक्रमणको प्रयास, ध्यानाकर्षण भएको सरकारको जानकारी

२५ जेठ, काठमाडाैँ । उपसभामुख इन्दिरा रानाले नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको उपनेता राम रानामाथि आज इलाममा भएको आक्रमणको प्रयासबारे सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले उक्त घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराउन माग गरेपछि उपसभामुख रानाले ध्यानाकर्षण गराएकी हुन् । आर्थिक वर्ष २०८०/८१ को राजस्व

घनश्याम भुसालका बुवाको निधनप्रति प्रधानमन्त्री प्रचण्डद्वारा समवेदना व्यक्त

२५ जेठ, रूपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालका बुवा जगन्नाथ भुसालको निधनमा समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित भुसालको निवासमा पुगेर उनीप्रति श्रद्धासुमन अर्पण गरेका हुन् । उनले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा समवेदना प्रकट गर्दै धैर्यधारणका लागि

‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्द संसद्को अभिलेखबाट हटाउन उपसभामुखको निर्देशन

२५ जेठ, काठमाडाैँ । उपसभामुख इन्दिरा रानाले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावली संसद्को अभिलेखबाट हटाउन निर्देशन दिएकी छन् । आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलका क्रममा सांसद डिल्लीराज पन्तले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने शब्दावलीको प्रयोग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि

छ जना अवोध बालबालिकामाथि अन्धाधुन्ध छुरी प्रहार

२५ जेठ, एजेन्सी । फ्रान्सेली आल्प्सको एन्नेसी सहरमा एक जना वयस्कसहित छ जना बालबालिका छुरी आक्रमणको शिकार भएका छन् । बिहीबार बिहान सहरको ताल नजिकैको उद्यानमा चक्कु बोकेर हिँडेका एक व्यक्तिले  एक जना वयस्क र तीन वर्ष उमेर समूहका बालबालिकामाथि अन्धाधुन्ध आक्रमण गरेर घाइते बनाएको एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै सुरक्षा

सम्वन्धित समाचारहरु