Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

हात्ती पीडितलाई आर्थिक राहत वितरण


२१ असार, झापा । जिल्लामा १२ वर्षमा मानव र हात्तीबीचको द्वन्द्वमा पीडित बनेका तीन हजार नौ सय ९२ जनालाई राहत उपलब्ध गराइएको छ । जङ्गली हात्तीको आक्रमणमा मृत्यु, घाइते र धनमालको क्षति भएका परिवारलाई सरकारका तर्फबाट रू सात करोड १६ लाख २७ हजार सात सय १९ राहत रकम वितरण गरिएको हो ।

आर्थिक वर्ष २०६८/६९ देखि २०७९/८० सम्मको अवधिमा मानव–हात्तीद्वन्द्वबाट मृत्यु, घाइते र बाली क्षति भएका तीन हजार नौ सय ९२ जनालाई रू सात करोड १६ लाख २७ हजार सात सय १९ बराबरको राहत वितरण गरिएको जिल्लास्थित डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् । उनका अनुसार राहतमध्ये आधाभन्दा बढी रकम भौतिक संरचना र बाली क्षति भएका परिवारले पाएका छन् ।

“सरकारले मृतकका परिवारलाई रू १० लाख उपलब्ध गराउँदै आएको छ भने घाइतेको अवस्था अनुसार उपचार खर्च व्यहोर्दै आएको छ । भौतिक सम्पत्ति र बालीको क्षति मूल्याङ्कन गरेर राहत दिने गरिएको छ”, सूचना अधिकारी पुरीले भनिन् ।

हात्तीको आक्रमणमा परी मृत्यु भएका परिवारलाई तत्कालै काजकरिया खर्चबापत रू ५० हजार नगद उपलब्ध गराउने गरिएको कार्यालयका प्रमुख मेघराज राईले बताए । बाँकी रू नौ लाख ५० हजार कागजी प्रक्रिया पुर्‍याएपछि दिने गरिएको उनले बताए ।

प्रमुख राईका अनुसार घाइते व्यक्ति गम्भीर अवस्थामा भए अधिकतम् रू दुई लाखसम्म उपचार खर्च सरकारले व्यहोर्ने गरेको छ । “घरमा क्षति भए रू २० हजारसम्म र बाली क्षति भए रू १० हजारसम्म पीडितलाई राहत दिने गरिएको छ”, उनले भने, “विगत १२ वर्षमा सबैभन्दा बढी राहत आव २०७८/७९ मा वितरण भएको छ ।”

आव २०७८/७९ मा मृतकका परिवारलाई रू ७९ लाख ५० हजार, घाइतेलाई रू पाँच लाख ७४ हजार ७६ र धनमाल क्षति भएकालाई रू ४१ लाख २४ हजार नौ सय गरी कूल रू एक करोड २६ लाख ४८ हजार नौ सय ७६ राहत रकम वितरण गरिएको कार्यालयले जनाएको छ । यस वर्ष चार सय ४० जनाले राहत पाएका थिए ।

कार्यालयका प्रमुख राईका अनुसार चालु आव २०७९/८० मा पाँच सय १४ जनाले राहतबापत कूल रू एक करोड ११ लाख ३७ हजार सात सय प्राप्त गरेका छन् । चालु आवमा हात्तीको आक्रमणमा आठ जनाको मृत्यु भएकोमा पाँच जनाले राहत पाइसकेका छन् । अरुको राहत प्रक्रियामा छ ।

कार्यालयको अभिलेख अनुसार विगत १२ वर्षमा हात्तीबाट सम्पत्ति, चौपाया र अन्नबाली क्षति भएका परिवारले राहतस्वरुप रू तीन करोड ९१ लाख १२ हजार नौ सय ४१ पाइसकेका छन् । त्यस्तै, सोही अवधिमा हात्तीबाट मृत्यु भएकाको परिवारले रू दुई करोड ८३ लाख ८५ हजार र घाइते भएकाको परिवारले रू ४१ लाख ६४ हजार सात सय ७८ राहतस्वरुप प्राप्त गरेका छन् । आव २०७२/७३ मा सबैभन्दा बढी नौ सय १९ जनाले राहत पाएका थिए ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?