Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
११ कार्तिक २०८३, मंगलवार
११ कार्तिक २०८३, मंगलवार

एलओडीका सञ्चालकविरूद्ध पक्राउ पूर्जी जारी


२१ असार, काठमाडाैँ । लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका दुई सञ्चालकविरूद्ध पक्राउ पूर्जी जारी भएको छ ।

१६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले उनीहरूविरूद्ध पक्राउ अनुमति लिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरले काठमाडौं जिल्ला अदालतबाट सञ्चालक रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरूद्ध पुर्जी लिएको बताइएको छ ।

गत जेठ ३१ गते बुधबार राति ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिगको बलात्कार भएको थियो । सो अभियोगमा प्रहरीले ५० वर्षीय सुदन कोइरालालाई पक्राउ गरेको थियो ।

उनले एलओडी भेटेकी बालिकालाई बागडोल पुर्‍याएर बलात्कार गरेको अभियोग छ । नाबालिगलाई प्रवेश गर्न दिएको भन्दै प्रहरीले उनीहरूविरूद्ध पक्राउ अनुमति लिएको हो ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?