Trending
>>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल >>   गोली हान्ने र हान्न लगाउने सबैलाई कारबाहीको सिफारिस : गौरीबहादुर कार्की >>   ‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’: प्रधानमन्त्री कार्की >>   सामाजिक सञ्जाल र एआईबाट हुने महिला हिंसाप्रति कार्यवाहक प्रमुख डंगोलको गुनासो >>   अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा >>   रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा >>   बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् >>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

एलओडीका सञ्चालकविरूद्ध पक्राउ पूर्जी जारी


२१ असार, काठमाडाैँ । लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका दुई सञ्चालकविरूद्ध पक्राउ पूर्जी जारी भएको छ ।

१६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले उनीहरूविरूद्ध पक्राउ अनुमति लिएको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरले काठमाडौं जिल्ला अदालतबाट सञ्चालक रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरूद्ध पुर्जी लिएको बताइएको छ ।

गत जेठ ३१ गते बुधबार राति ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिगको बलात्कार भएको थियो । सो अभियोगमा प्रहरीले ५० वर्षीय सुदन कोइरालालाई पक्राउ गरेको थियो ।

उनले एलओडी भेटेकी बालिकालाई बागडोल पुर्‍याएर बलात्कार गरेको अभियोग छ । नाबालिगलाई प्रवेश गर्न दिएको भन्दै प्रहरीले उनीहरूविरूद्ध पक्राउ अनुमति लिएको हो ।


प्रकाशित मिति: २१ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?