१२ असार ,काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट विनियोजन गर्दा मुलुकको वर्तमान आर्थिक अवस्थाको यथार्थ धरातलमा उभिएर आय तथा व्ययको अनुमान पेश गरिएको र सोहीअनुरुपका योजना तथा कार्यक्रम बजेटमा राखिएको बताएका छन् । विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थमन्त्रालय शीर्षकको वार्षिक बजेटमाथि प्रतिनिधिसभामा उठेका प्रश्नको
१२ असार, एजेन्सी । रुसले युक्रेनमा स्वेच्छाचारी नजरबन्दमा राखिएका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । युक्रेनमा संयुक्त राष्ट्रसङ्घ मानवअधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले जेनेभामा पत्रकार सम्मेलनमा भनेका छन्, “हामीले रुसी सङ्घले मनमानी ढङ्गले हिरासतमा राखेका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको विषयको सारांश
१२ असार, काठमाडाैँ । भारतमा जारी साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपाल विजयी भएको छ । भारतको श्री कान्तीरभा स्टेडियममा भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि खेलको ८० औँ मिनेटमा आशिष चाैधरीले गोल गरेका थिए । नेपालका लागि पहिलो खेल खेलेका चाैधरीले बक्स बाहिरबाट गरेको
१२ असार, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलब ९४ अङ्कले उकालो लागेर दुई हजार एक सय ८६ दशमलब ३६ पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलब ४०
१२ असार, झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित सडक खण्डमा आज सडक दुर्घटनामा परेर बाबुछोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–९ भालुखोलास्थित राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको प्र १–०२–००१क ३८७९ नं को ट्रक र विपरीत दिशाबाट गइरहेको प्र १–०१–००च ७४८२ नंको कार एकापसमा ठक्कर खाँदा कार चालक मोरङको
१२ असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरूपमा अकूत सम्पत्ति कमाएको अभियोगमा सर्लाहीको बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य अधिकृत कौशलेन्द्र मिश्रविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गरेको अनुसन्धानबाट मिश्र सार्वजनिक सेवामा २०५७ असार ७ गते प्रवेश गरेको र २०७८ कात्तिक २६ गतेसम्मको अवधिमा रु एक करोड १३ लाख
१२ असार, काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले भूमिको उचित सदुपयोग गर्दै बाँझो जमिनमा आधुनिक प्रविधिबाट खेती गर्ने योग्य नीति लिएको बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले जमिन
१२ असार, कञ्चनपुर । कञ्चनपुरका विभिन्न पालिकामा लामो समयदेखि अवैधरुपमा औषधि पसल सञ्चालन गर्दै आएका ११ भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । दोधारा चादँनी नगरपालिकामा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ तथा भीमदत्त नगरपालिका–९ ब्रहमदेव र
१२ असार, काठमाडाैँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँग नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क टियोङ्गले शिष्टाचार भेट गरेका छन् । मन्त्री मोदीलाई भेट्न राजदूत टियोङ्ग आज मन्त्रालय पुगेका थिए। सो भेटमा मन्त्री मोदीले नवनियुक्त राजदूत टियोङ्गलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गरे । सो भेटमा मन्त्री मोदीले
१२ असार, काठमाडाैँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ्ले सरकार भ्रष्टाचार निवारण गर्दै सुशासन स्थापन गरेर जनतालाई सेवा दिन प्रतिबद्ध भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० माथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङ्ले भने, “सरकारको पहिलो प्राथमिकता ठूलठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानबीन गरी