१८ असार, मस्को । वाग्नरको संक्षिप्त विद्रोहपछि मस्कोको नयाँ आख्यानले आकार लिइरहेका बेला एक शीर्ष रूसी प्रचारकले आइतबार वाग्नरका मालिकले अर्बौं सार्वजनिक कोष प्राप्त गरेपछि ‘रेलको लिकबाट बाहिरिएको’ आरोप लगाएका छन् । गत हप्ता वाग्नर भाडाका सैनिक समूहका प्रमुख येभगेनी प्रिगोजिनले रूसका उच्च सैन्य अधिकारीहरूविरुद्ध अल्पकालीन विद्रोहमा आफ्नो सेनाको नेतृत्व
१८ असार, जुम्ला। हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तिला गाउँपालिका-२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको जानकारी दिए । लम्पी स्किन रोगको सङ्क्रमणबाट लिही गाउँका करिब ३० वटा गाईगोरु मरिसकेका छन् । रोगलाई नियन्त्रण गर्नेका लागि गाउँपालिकालाई आवश्यक औषधि उपचारको व्यवस्थापनका
१८ असार, एजेन्सी । सुडानको ह्वाइट नाइल राज्यको आन्तरिक विस्थापन शिविरमा दादुराको प्रकोप फैलिँदा हालैका हप्ताहरूमा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको एक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आइतबार जानकारी गराएको छ । ‘डाक्टर्स विदाउट बोर्डर्स’ अर्थात् ‘मेडिसिन्स सान्स फन्टियर्स (एमएसएफ)’ को सुडानी शाखाद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “स्थिति गम्भीर छ ।
१८ असार, झापा । मेचीनगर–६ काँकरभिट्टास्थित एनआईसी एशिया बैंकको एटिएमबाट रकम लुट्ने प्रयास असफल भएको छ । सोमबार राति २ बजे मेचीनगर–६ स्थित राधिका क्षेत्रीको घरमा सञ्चालित बैंकको एटिएमबाट रकम लुट्ने प्रयास भएको हो । भुइँतलामा रहेको एटिएमको सटरमा मान्छे भित्र पसेर एटिएममा राखिएको रकम लुट्ने प्रयास भएको बैंकका मेनेजर रेवन्त न्यौपानेले बताए
१८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, न्याय र समृद्धिका शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको धारणा राखेका छन् । चाबहिलस्थित जिपी कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सव तथा गिरिजाप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले मुलुकका देखिएको बेथिति, अराजकता र लोकतन्त्रमाथि देखिएको खतराको अन्त्य सामान्य सुधारबाट सम्भव नहुने भनाइ
१८ असार, बुटवल । रुपन्देहीको कालिदह नाका हुँदै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ । नाका हुँदै यही असार १० गते भारततर्फ लैजाँदै गर्दा सशस्त्र प्रहरीले इँटाजस्तै रङ र आकारको झण्डै साढे दुई किलोको शङ्कास्पद वस्तु बरामद गरेको थियो
१८ असार, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्यमा गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको दोश्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको जानकारी दिएको हो । महासंघले दिएको जानकारी अनुसार सोमबार नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख
१८ असार, काठमाडाैँ । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा शुक्रबारसम्ममा प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार अहिले नतिजा प्रकाशनको अन्तिम काम भइरहेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार शुक्रबारसम्ममा नतिजा प्रकाशन गर्नेगरी काम भइरहेको छ । उनले भने, “अहिले परीक्षाफल
१८ असार, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप भएको बताएका छन् । कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रूपमा रहँदा तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिका रूपमा प्रस्ताव नगरेका कारण अहिले पश्चाताप भएको बताएका
१८ असार, भोजपुर । भोजपुर जिल्लाको एक सय ३९ मिटर अग्लो छाँगे झरना पर्यटकको पर्खाइमा रहेको छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झरना प्रचारप्रसारको अभावले ओझेलमा परेको हो । प्राकृतिकरुपमा मनोरम रहेको यो जिल्लाको सबैभन्दा अग्लो झरना हो । माथिबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ ।