Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

हेटौँडामा राजमार्ग विस्तार थालियो, ३ सय ४० घरको सडकमा पर्ने जग्गा खाली गराइने


१५ श्रावण, हेटाैँडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रसित जोडिएको पूर्वपश्चिम राजमार्ग विस्तार आजदेखि सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले जारी गरेको १५ दिने सूचनाको म्याद सकिएसँगै राजमार्ग विस्तारको काम अघि बढेको हो ।

राजमार्गभित्र पर्ने हेटौँडा–१५ को वडा कार्यालयको पर्खाल हटाएसँगै सडक विस्तार थालिएको वडाध्यक्ष सुनिल मोक्तानले जानकारी दिए । “कडा कार्यालयको २५ मिटर जग्गा सडक क्षेत्रमा पर्ने भएपछि सडक विस्तार कार्यलाई सघाउन आवश्यक नापजाँच गरेर पर्खाल भत्काउन लगायौँ”, उनले भने ।

सडक विस्तारको काम पेचिलो बन्दै गइरहेका बेला उपमहानगरले केही साताअघि बजार क्षेत्रको सडकको दायाँबायाँ राखिएका विभिन्न फलफूलका बोटबिरुवा, गमला र फलामका रेलिङ हटाएको थियो । उपमहानगर प्रमुख मीनाकुमारी लामाले सडक विस्तारबाट हेटौँडाको सुन्दरता बढ्ने उल्लेख गर्दै उनले सो कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरिन् ।

सडक डिभिजन कार्यालयका प्रमुख राजेश यादवले कार्यालयले घरटहरालगायतका संरचना हटाउन दिएको म्याद सकिएकाले आजदेखि अदालतमा फछ्र्योट भएर आएका तीन सय ४० घरको सडकमा पर्ने जग्गा खाली गराइने उनले जानकारी दिए ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?