Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

समाचार


श्रमदानमार्फत पुल निर्माण हुँदै

१६ असार, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित स्याङ्दी खोलामा जनश्रमदानबाट पुल निर्माण भइरहेको छ । जनप्रतिनिधि र केही स्थानीयले मात्र सुरु गरेको जनश्रमदान अभियानमा अहिले दैनिक श्रमदान गर्नेको सङ्ख्या बढ्दै गएको हो । नियमित श्रमदानमा जुटिरहेका स्थानीय विक्रम मगरका अनुसार दैनिक एक सय ५० जनासम्म श्रमदानका लागि आउने गरेका 

लामो खडेरीले धानको उत्पादनमा कमी हुने

१६ असार, बारा । लामो समयदेखि वर्षा नभई खडेरी परेको हँुदा भदैया धानको उत्पादन हुने क्षेत्रफलमा किसानले रोपाइँ गर्न नसक्दा उत्पादनमा कमी आउने भएको छ । आर्थिक वर्ष २०८०÷८१ का लागि कृषकले विभिन्न जातका भदैया धान ११ हजार नौ सय पाँच हेक्टर क्षेत्रफलमा खेती गर्ने लक्ष्य लिएकामा खरेडी पर्दा र समयमा

दुई वर्षीया छोरी र आमाको रहस्यमय मृत्यु

१६ असार, राैतहट । रौतहटको मौलापुरमा गत शुक्रबार आमा छोरीको रहस्यमय मृत्युका सम्बन्धमा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ । मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा शव फेला परेका थिए । आरुहीको शव पङ्खामा झुिन्डएको तथा कविताको शव घरबाट

अफगानिस्तानमा इद अल–अधाका अवसरमा दुई हजारभन्दा बढी कैदी जेलमुक्त

१६ असार, एजेन्सी । अफगानिस्तानको सर्वोच्च अदालतले दुई हजार १७८ कैदीलाई इद अल–अधा अवसरमा रिहा गरिएको जनाएको छ । कामचलाउ सरकारका सर्वोच्च नेता मौलवी हिबतुल्लाह अखुन्दजादाको आदेशका आधारमा बिहीबार ती कैदीलाई रिहा गरिएको अदालतले आफ्नो ट्वीटर पेजमा जनाएको छ । सो अवसरमा ४८९ कैदीबन्दीलाई कैद सजाय तोकिएको अदालतले जनाएको छ

दक्षिण कोरियामा जन्मदिनका आधारमा नै उमेर गणना गरिने

१६ असार, एजेन्सी। दक्षिण कोरियामा जन्मदिनका आधारमा उमेर गणना हुने नयाँ व्यवस्था बुधवारबाट कार्यान्वयनमा आएपछि नागरिकको उमेर घट्ने भएको छ । दक्षिण कोरियामा यस पहिलेको कानुनी व्यवस्था अनुसार गर्भको समयलाई समेत समेट्दै जन्मको बखत दक्षिण कोरियालीहरूलाई एक वर्षको गणना गर्ने गरिन्थ्यो । साथै सबैलाई उनीहरूका जन्मदिनमा वर्षवृद्धि गर्ने प्रचलन नभई जनावरी

रोक्का गरिएको रूसी सम्पत्तिको करबाट युक्रेनलाई वार्षिक तीन अर्ब युरो दिने ईयूको लक्ष्य

१६ असार, एजेन्सी । युरोपेली सङ्घ (इयू) ले युक्रेनको पुनर्निर्माणका लागि वार्षिक तीन अर्ब युरो जुटाउने बताएको छ । यसका लागि ईयूले युक्रेनमा रोक्कामा रहेको रूसी केन्द्रीय बैंकको सम्पत्तिको ब्याजमा कर लगाउन सक्ने बेल्जियमका प्रधानमन्त्रीले शुक्रबार बताएका छन् । ब्रसेल्समा ईयूका नेताहरूको शिखर बैठकपछि अलेक्जेन्डर डी क्रुले भने, “हामी अप्रत्याशित नाफाको

चिनियाँ युआन अमेरिकी डलरको तुलनामा कमजोर

१६ असार, एजेन्सी । चिनियाँ मुद्रा रेन्मिन्बी (युआन) को केन्द्रीय समानता दर शुक्रबार अमेरिकी डलरको तुलनामा ५० पिप्स कमजोर भएर ७.२२५८ मा पुगेको छ । चीनको विदेशी विनिमय व्यापार प्रणालीलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले सो बारे जानकारी दिएको छ। चीनको स्पट विदेशी विनिमय बजारमा युआनलाई प्रत्येक व्यापार हुने दिन केन्द्रीय समानता

पहिराले मध्यपहाडी लोकमार्गको निसीखोला खण्ड अवरुद्ध

१६ असार, बागलुङ । दुई दिनदेखिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बुर्तिबाङ–रुकुम खण्डअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–२ जुग्जाखोला नजिकै आज पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा बुर्तिबाङदेखि रुकुम र रुकुम, निसीखोला लगायतका ठाउँबाट काठमाडौँ, बुटवल, पोखरा लगायतका ठाउँमा जाने यातायातका साधन ठप्प भएका छन्

बजेटले अर्थतन्त्रलाई चलायमान बनाउँछ : अर्थमन्त्री महत

१६ असार, पोखरा । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आएको उल्लेख गरे । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउले लक्ष्यका साथ उद्योग व्यवसायलाई बढाउने

पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

१६ असार, काठमाडाैँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् । पोखरामा आज बिहान माओवादी केन्द्रका उपलब्ध केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पदाधिकारीसँग अन्तक्र्रिया गर्दै उनले माओवादी कमजोर हुँदा परिर्वतनका मुद्दासमेत कमजोर

सम्वन्धित समाचारहरु