२३ असार ,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको सबैभन्दा ठूलो सरकारी वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८ बजेदेखि उपलब्ध हुने बताएका छन् । सेवामूलक गैरसरकारी संस्था विजेन नेपालनवौँ वर्षमा प्रवेश गरेको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आगामी दुई साताभित्र मुलुकका सबै सङ्घीय
२३ असार ,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भैरवसिंह रावल स्मृतिग्रन्थको विमोचन गरेका छन् । भैरवसिह स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कांग्रेसका कर्मठशील पुराना नेता भैरवसिंहको राजनीतिक जीवन र उनले राजनीतिक परिवर्तन र विकासका क्षेत्रमा पुर्याएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको कृतिको सार्वजनिकीकरण गरेका हुन् । सो अवसरमा पूर्वप्रधानमन्त्री
२३ असार ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) इलाममा स्थापनाका लागि सरकारले तत्काल पहल गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाललगायतको टोलीसँग भेटवार्ता गर्दै प्रधानमन्त्रीले सो मेडिकल कलेज स्थापनाका लागि आवश्यक पहल गर्ने बताएका हुन् ।
२३ असार ,जानकी । नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । आज बसेको नगरसभाको १३औँ अधिवेशनको दोस्रो बैठकमा नगरप्रमुख प्रशान्त विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत पारित भएको हो । यही असार
२३ असार ,मन्थली । रामेछापको मन्थलीमा शनिबार ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि मन्थली नगरपालिका–११ का अनिश थापामगरले जितेका छन् । जिल्ला सदरमुकाम मन्थलीमा भएको उक्त प्रतियोगितामा ५० भन्दा बढी सहभागी थिए । चरण–चरणमा भएको प्रतिस्पर्धामा मन्थली नगरपालिका–३ का अनिस केसी द्वितीय र सोही वडाकै
२३ असार ,भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) भक्तपुर र उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)बीच छात्रवृत्ति उपलब्ध गराउने विषयमा सहमति भएको छ । एनप्याब्सनसँग आबद्धता भएका भक्तपुरका विद्यालयबाट एसइई उत्तीर्ण गर्ने विद्यार्थीलाई कक्षा ११ मा हिसानले ५० प्रतिशत छात्रवृत्ति दिने सहमति भएको हो । यसका
२३ असार ,काठमाडौँ । समाजवादी मोर्चा नेपालले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको सन्देश आम जनतामाझ पुर्याउन यही साउन महिनाभित्रै प्रदेश राजधानीमा कार्यक्रम गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकमा लोकतान्त्रिक
२३ असार ,काठमाडौँ । मनोहरा करिडोरअन्तर्गत बालकुमारी पुलदेखि बागमती दोभानसम्म पार्क र साइकल लेनलगायतका संरचना निर्माण सुरु गरिएको छ । केही वर्ष पहिले सम्पन्न भएर सञ्चालनमा रहेको सो सडकमा अहिले सडक र नदी बीचका बाँकी काम सुरु गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको भनाइ छ । बालकुमारी–दोभान खण्डमा
२३ असार ,काठमाडौँ । वरिष्ठ अधिवक्ता डा रवि खनालले नागरिकताका विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । बौद्धिक वृत्त नेपालले आज आयोजना गरेको ‘नेपालमा नागरिकता कानुन र राष्ट्रिय हित विषयक विचार गोष्ठी’मा खनालले नागरिकताजस्तो संवेदनशील विषयमा राजनीतिक स्वार्थबाट माथि रहेर राष्ट्रिय सहमतिमा जानुपर्नेमा जोड दिए । विसं २००९ देखि
२३ असार, हेटाैँडा । हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले सडक बिस्तारमा अबरोध नपुर्याउन आग्रह गरेकी छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजारमा पर्ने सडक विस्तार गरेरै छाड्ने उनको भनाइ छ । बागमती प्रदेशको राजधानी रहेको हेटौँडामा बढ्दो सवारी चाप र साँघुरो सडकका कारण बजार व्यवस्थापनमा समस्या हुने गरेको उनले बताइन् ।