Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

रामेछापमा ‘स्लो बाइक रेस’ प्रतियोगिता


२३ असार ,मन्थली । रामेछापको मन्थलीमा शनिबार ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि मन्थली नगरपालिका–११ का अनिश थापामगरले जितेका छन् ।

जिल्ला सदरमुकाम मन्थलीमा भएको उक्त प्रतियोगितामा ५० भन्दा बढी सहभागी थिए । चरण–चरणमा भएको प्रतिस्पर्धामा मन्थली नगरपालिका–३ का अनिस केसी द्वितीय र सोही वडाकै सन्तोष श्रेष्ठले तृतीय स्थान हासिल गरेका थिए ।

विजयी प्रतियोगीलाई क्रमश नगद रु १० हजार, सात हजार, पाँच हजार, ट्रफी, मेडल नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम नेपाल खेलकुद महासङ्घ मन्थली नगर कमिटीका अध्यक्ष रमेश चापागाईँको अध्यक्षतामा भएको थियो ।

जिल्लामै पहिलोपटक भएको यो खेल हेर्नका लागि दर्शकका रूपमा युवाहरूको अत्यधिक मात्रामा उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?