Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

रामेछापमा ‘स्लो बाइक रेस’ प्रतियोगिता


२३ असार ,मन्थली । रामेछापको मन्थलीमा शनिबार ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि मन्थली नगरपालिका–११ का अनिश थापामगरले जितेका छन् ।

जिल्ला सदरमुकाम मन्थलीमा भएको उक्त प्रतियोगितामा ५० भन्दा बढी सहभागी थिए । चरण–चरणमा भएको प्रतिस्पर्धामा मन्थली नगरपालिका–३ का अनिस केसी द्वितीय र सोही वडाकै सन्तोष श्रेष्ठले तृतीय स्थान हासिल गरेका थिए ।

विजयी प्रतियोगीलाई क्रमश नगद रु १० हजार, सात हजार, पाँच हजार, ट्रफी, मेडल नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम नेपाल खेलकुद महासङ्घ मन्थली नगर कमिटीका अध्यक्ष रमेश चापागाईँको अध्यक्षतामा भएको थियो ।

जिल्लामै पहिलोपटक भएको यो खेल हेर्नका लागि दर्शकका रूपमा युवाहरूको अत्यधिक मात्रामा उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २३ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?