Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

समाचार


एउटै परीक्षा केन्द्रबाट एसईई दिइरहेका नक्कली परीक्षार्थीको आशंकामा ५२ जना पक्राउ

२३ चैत्र, मोरङ । अर्काको नाममा परीक्षा दिइरहेको आशंकामा ५२ जना प्रहरीको नियन्त्रणमा परेका छन् । मोरङको सरस्वति माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई प्रहरीले नक्कली परीक्षार्थीको आशंकामा नियन्त्रणमा लिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । एसईईमा आज सामाजिक विषयको परीक्षा भइरहेको छ ।

लुम्बिनीमा महिला तथा पुरुष हाफ म्याराथन सुरु

२३ चैत्र, लुम्बिनी । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ नाराका साथ ‘लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता’ सुरु भएको छ। नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीस्थित शान्तिदीपमा बालेको दीप प्रशिक्षक तथा ओलम्पियन चन्द्रबहादुर गुरुङ, विमला राना र मोहन घलेलाई हस्तान्तरण गरेर प्रतियोगिताको शुभारम्भ गरे।

समयमा किस्ता नबुझाउने ऋणीको घरमा एनआईसी बैंकले खटायो सुरक्षा गार्ड

२३ चैत्र, इटहरी । नेपालका अग्रणी बैंकहरूमध्ये एक एनआईसी बैंकले ऋणीहरूको घरमा सुरूक्षा गार्ड राख्न थालेको छ । ऋण लिएर समयमा ब्यान नतिर्नेहरूको घरमा बैंकले पोशाक सहितका सुरक्षा  गार्डहरू पठाएको हो । बैंकले गार्ड पठाएका घरहरू लिलामीको प्रक्रियामा गइसकेको बुझिएको छ । पछिल्लो समय एनआईसी बैंकले इटहरीका विक्रम तिम्सिनाको घरको

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

२३ चैत्र, काठमाडाैँ । सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । केहीबेर अघि सुरू भएको बैठकमा न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको जानकारी दिइएको छ । न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न कार्यदल बनाइएको थियो । कार्यदलले विभिन्न ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमको मस्यौदा बनाएको

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री प्रचण्डले लोक सेवा आयोगको प्रतिवेदन पेश गर्ने

२३ चैत्र, काठमाडाैँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक अपरान्ह १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ ।  

आज मिति २०७९ साल चैत्र २३ गते बिहीबार, हेर्नुहोस् आजको राशीफल

आज मिति २०७९ साल चैत्र २३ गते बिहीबार। आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्। मेष राशी – सरकारी कामकाजले तनावै–तनाव झेल्नु पर्ने छ। स्वास्थ्यमा गडबढी आउने छ। प्रेममा धाेका मिल्ने याेग छ। वृष राशी – समय मध्यम छ। अरूकाे सेवामा मन जाने छ। राेकिएका काम पूरा हुने छन्।

लोक गीत संरक्षणको दायित्व सरकारको हो : मुख्यमन्त्री अधिकारी

२२ चैत ,लेखनाथ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले लोक गीतको संरक्षणको दायित्व नेपाल सरकारको भएको बताएका छन्‌ । गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा उनले प्राकृतिक सम्पदा र लोक गीत तथा संस्कृतिमा नेपाल धनी भएको भन्दै यसको संरक्षण सरकारले ध्यान दिनुपर्ने बताए । दिवसको अवसरमा प्रतिष्ठानले २५ बालबालिकालाई

किसानको वर्गीकरण गर्दै पोखरा महानगर

२२ चैत ,गण्डकी । पोखरा महानगरपालिकाले किसानको वर्गीकरण गरी परिचयपत्र वितरण सुरु गरेको छ । कृषिका योजना तथा कार्यक्रमलाई व्यवस्थित गर्न किसानको वर्गीकरण गरिएको हो । उद्यमी, व्यावसायिक, व्यवसायउन्मुख, जीविकोपार्जन र सामान्य गरी पाँच किसिमबाट किसानको अवस्था वर्गीकरण गरी परिचयपत्र दिन सुरु गरिएको हो । महानगरको कृषि तथा आर्थिक विकास

स्वदेशी काठ प्रयोग गर्न समितिको निर्देशन

२२ चैत ,काठमाडौँ । राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारलाई स्वदेशी काठ र काठजन्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ । ‘नेपालका काष्ठजन्य वन पैदावारको उच्चतम उपयोग, उत्पादन तथा आपूर्ति र विदेशबाट आयातको विस्थापन’ विषयक बैठकमा समिति सभापति दिलकुमारी रावल थापा(पार्वती)ले स्वदेशी काठको उच्चतम प्रयोग गर्दै आयात प्रतिस्थापन गर्नेतर्फ अग्रसर

किमाथाङ्का नाका खोल्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२२ चैत ,किमाथाङ्का । सङ्खुवासभाको उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाइएको छ । कोरोना महामारीका कारण तीन वर्षदेखि बन्द रहेको किमाथाङ्का नाका खुलाउन आज प्रधानमन्त्री दाहालसमक्ष ज्ञापनपत्र बुझाइएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छोदार भोटले जानकारी दिए । लामो समयदेखि

सम्वन्धित समाचारहरु