Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

आज सत्ता गठबन्धनको बैठक बस्दै


२० वैशाख, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, गठबन्धनमा रहेपनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, आज बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठकसमेत बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?