Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

अफगानिस्तानमा सडक दुर्घटनामा छ जनाको मृत्यु, एक घाइते


२० वैशाख, एजेन्सी । अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा मङ्गलबार भएको सडक दुर्घटनामा परी कम्तीमा छ जना यात्रुको मृत्यु हुनाका साथै अन्य केही घाइते भएका छन् ।

प्रान्तीय प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै प्रान्तीय राजधानी पुल–ए–खुम्रीबाहिर ख्वाजा अलवान क्षेत्रमा मङ्गलबार बिहान ट्रकले कारलाई ठक्कर दिँदा एक महिला र एक बालकसहित छ जनाको घटनास्थलमै मृत्यु भएको अन्य एक जना घाइते भएको उल्लेख गरेको छ ।

अफगानिस्तानमा शुक्रबारदेखि मङ्गलबारसम्म भएको यो चौथो सडक दुर्घटना हो । उत्तरी तखार प्रान्तमा शुक्रबार भएको सडक दुर्घटनामा नौ यात्रु घाइते भएका छन् ।

गत शनिबार पूर्वी पक्तिया प्रान्तमा मिनिबसले कारलाई ठक्कर दिँदा १३ यात्रु घाइते भएका थिए भने आइतबार उत्तरपूर्वी बदख्सान प्रान्तमा भएको सडक दुर्घटनामा १३ जना यात्रु घाइते भएका थिए ।

भीडभाड भएका सडकमा लापरबाही तरिकाले सवारी चलाउनु र यात्राको क्रममा सुरक्षा उपाय नअपनाउँने जस्ता कारणले गर्दा धेरैजसो घातक सडक दुर्घटना हुने गरेको पाइएको छ ।


प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?