२ वैशाख, काठमाडाैँ । काठमाडाैँमा एउटा पेस्तोल फेला परेको छ । साप्ताहिक रूपमा गरिने बागमती सरसफाइका क्रममा शनिबार पेस्तोल फेला परेको हो । सफाइको क्रममा तिलगंगाको शारदा स्कुल नजिक अमेरिकी कम्पनीको पेस्तोल फेला परेको जानकारी दिइएको छ । उक्त पेस्तोल एउटा झोलामा प्याक गरेर फालिएको अवस्थामा फेला परेको हो ।
२ वैशाख, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेग र बाँदुक गाउँलाई जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडको बीचमा बनाइएको तीन सय ६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको पाँच वर्षपछि शुक्रबार उद्घाटन गरिएको हो । नयाँ वर्षको अवसर पारेर रघुगङ्गा गाउँपालिका–१ बेगले
२ वैशाख, बाँके । बाँकेका धार्मिक पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले पर्यटनमार्गको अवधारणा अगाडि बढाइएको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटनमार्ग निर्माणको अवधारणा अगाडि बनाइएको हो । ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर र धार्मिक क्षेत्रलाई नेपालगञ्जस्थित बागेश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पुर्याउने
२ वैशाख, एजेन्सी । पश्चिमी म्यान्मारको सागाइङ क्षेत्रमा बिहीबार भएको ड्रोन आक्रमणमा परी पाँच बालबालिकासहित आठ जनाको मृत्यु भएको छ म्यान्मारको राज्य प्रशासन परिषद्ले जनाएको छ । साथै, घटनामा अन्य ३१ जना घाइते भएको परिषद्ले बताएको छ । स्थानीय समयअनुसार बिहीबार साँझ ५ः४० बजे सागाइङ क्षेत्रको सागाइङ शहरको एक गाउँमा रहेको
२ वैशाख, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोरप्रसाद (डीपी) अर्याललाई विमानस्थलबाटै फर्काइएको छ । भारत जान लागेका उनलाई नेपाल वायुसेवा निगमले रोकेको हो । भारत जान लाग्दा उनले विमान चढ्ने बेलामा राष्ट्रिय परिचयपत्र देखाएका थिए । तर, विमानस्थलमा निगमका कर्मचारीले राष्ट्रिय परिचयपत्र मान्य नहुने भन्दै विमान चढ्नबाट रोकेका हुन् ।
२ वैशाख, काठमाडाैँ । व्यापक विरोधका बीच फ्रान्समा निवृत्तिभरण प्राप्तिको उमेर बढाइएको छ । निवृत्तिभरण प्राप्तिको विद्यमान ६२ वर्षलाई बढाएर ६४ वर्ष कायम गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोँले निवृत्तिभरण प्राप्तिको उमेर वृद्धिसम्बन्धी कानुनमा आज बिहान हस्ताक्षर गरेसँगै त्यो आगामी सेप्टेम्बरदेखि लागू हुनेछ । देशको शीर्ष संवैधानिक परिषद्ले पेन्सन पाउने उमेर
२ वैशाख, चितवन । चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो । जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिए । भरतपुर महानगरपालिका–२९ चौकीडाँडाबाट
२ वैशाख,एजेन्सी । पाकिस्तानले शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) र चीनबाट कुल एक अर्ब ३० करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगको घोषणा गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) का अर्थमन्त्री इशाक डारले पाकिस्तानको विदेशी मुद्रा सञ्चिति बढाउनका लागि एक अर्ब डलरको प्रतिबद्धता जनाएको बताएका छन् । डारका अनुसार चीनले
२ वैशाख, एजेन्सी । केन्याको तटीय शहर मालिन्दीमा भूमिगत अवस्थामा रहेका चार जनाको मृत्यु हुनुका साथै अन्य ११ जनाको उद्धार गरिएको प्रहरीले शुक्रबार पुष्टि गरेको छ । उक्त क्षेत्रको एक निजी फार्ममा दर्जनौं मानिस येशुलाई भेट्ने नाममा भोकभोकै बसिरहेको सूचना प्राप्त भएपछि प्रहरी उद्धारका लागि त्यहाँ पुगेको प्रहरीले एक सुरक्षा रिपोर्टमा
२ वैशाख, एजेन्सी । जापानको अध्यागमन सेवा कार्यालयले आगामी अप्रिल २१ देखि विदेशी कामदारलाई उच्च दक्ष व्यावसायिक भिसा प्रदान गर्न नयाँ र सरलीकृत प्रणाली सुरु गर्ने जनाएको छ । देशमा अधिक विदेशी प्रतिभाहरू आकर्षित गर्ने उद्देश्यले निश्चित शर्तहरू पूरा गरेका विदेशी आवेदकहरूलाई नयाँ प्रणालीले प्राथमिकता दिनेछ । नयाँ प्रणाली अनुसार निश्चित