Trending
>>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण
Logo
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार

समाचार


नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

काठमाडौँ। नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन् । प्रधानमन्त्री कार्कीले आईतवार विहान साढे ११ बजे सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी हुन्। सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिएको छ । उनि शनिवारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएकी छिन् । जेन–जी पुस्ताको आन्दोलन

म्यानमारको श्वेडागन हेर्न ८ महिनामा ४६ लाख बढी पर्यटक पुगे

म्यानमार। म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडाले ८ महिनामा ४६ लाख ५० हजारभन्दा बढी आगन्तुकहरूलाई आकर्षित गरेको छ । म्यानमारमा गोल्डेन प्यागोडा भनेर चिनिने श्वेडागन प्यागोडाले यस वर्षको पहिलो आठ महिनामा ४६ लाख ५० हजारभन्दा बढी आगन्तुकहरूलाई आकर्षित गरेको श्वेडागन प्यागोडा बोर्ड अफ ट्रस्टीजका सदस्य यू बोए थिनले शनिवार बताउनु भयो ।

भारतको खुद्रा मुद्रास्फीति अगस्टमा २.०७ प्रतिशतले बढ्यो

भारत। भारतको खुद्रा मुद्रास्फीति अगस्टमा २.०७ प्रतिशतले बढेको छ । संघीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले जारी गरेको तथ्याङ्कअनुसार अगस्टमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.०७ प्रतिशत छ । जुन जुलाईमा १.६१ प्रतिशत थियो । मन्त्रालयकाअनुसार मुद्रास्फीति भारतीय रिजर्भ बैंकको लक्ष्य मुद्रास्फीति दर भित्र धेरै छ । खाद्य मुद्रास्फीति लगातार

म्याड्रिडमा विस्फोटः २० भन्दा बढी घाइते

स्पेन। स्पेनको राजधानी म्याड्रिडमा शनिवार दिउँसो भएको विस्फोटमा परी आंशिक भवन भत्किँदा कम्तिमा २१ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय टेलिभिजन नेटवर्क टेलिम्याड्रिडकाअनुसार दक्षिणी म्याड्रिडको एक बारमा दिउँसो करिव ३ बजे विस्फोट भएको थियो । आपतकालीन सेवाहरूले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताएका छन् । एम्बुलेन्स

अष्ट्रेलियाको वसन्त ऋतुको सबैभन्दा ठूलो महोत्सव शुरु

क्यानबेरा । अष्ट्रेलियाको वसन्त ऋतुको सबैभन्दा ठूलो उत्सव फ्लोरिएड शनिवार राष्ट्रिय राजधानी क्यानबेरामा शुरु भएको छ । ३८ औं वार्षिक संस्करणको रुपमा शनिवारबाट शुरु भएको हो । महिनाभरि चल्ने यो महोत्सव आधिकारिक रूपमा मध्य क्यानबेराको कमनवेल्थ पार्कमा शुरु भयो । अक्टोबर १२ मा समाप्त हुनुअघि अष्ट्रेलियाली राजधानी क्षेत्रको स्थानीय अर्थतन्त्रमा

उपत्यकामा चल्न थाले सार्वजनिक यातायात

काठमाडौँ। निषेधाज्ञा र कफ्र्यु हटेसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको छ । काठमाडौं उपत्यकामा अहिले सार्वजनिक सवारी साधनहरु सञ्चालन हुन थालेका छन् । केही सार्वजनिक यातायातहरु शनिवारबाटै सञ्चालनमा आएपनि पूर्ण रुपमा सञ्चालन हुन सकेका थिएनन् । चक्रपथ क्षेत्रमा मात्रै सार्वजनिक यातायातहरु सञ्चालन भएकोमा आईतवारबाट भने चक्रपथसहित भित्रि सडक

प्रधानमन्त्री कार्कीद्वारा जेनजी आन्दोलनका घाइतेहरुसँगअस्पतालमा भेट

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका घाइतेहरुसँग भेट गरेकी छिन् । उनले शनिवार अपरान्ह राष्ट्रिय ट्रमा सेन्टर अस्पताल पुगेर त्यहाँ उपचार गराईरहेका घाइतेहरुसँग भेट गरेकी छिन् । भेटका क्रममा प्रधानमन्त्री कार्कीले घाइतेहरुको राम्रोसँग उपचार गर्न चिकित्सकहरुलाई निर्देशन दिएको अस्पतालका चिकित्सकहरुले बताएका छन् । जेनजी आन्दोलनका क्रममा ट्रमा सेन्टरमा मात्रै

जेन–जी भन्छन्– अब हामी विदेश जान नपरोस्

काठमाडौँ। जेन–जी पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै जनस्तरमा सकारात्मक धारणा देखिएको छ । जेन–जी पुस्ताको आन्दोलनपछि सरकार ढलेसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार कार्कीलाई संविधानको धारा ६१ (४) अनुसार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् । मुलुकको

६ महिनाभित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन हुने

काठमाडौँ । आगामी ६ महिनाभित्र प्रतिनिधि सभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आगामी ६ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन गराउने जिम्मेवारीसहित प्रधानमन्त्री नियुक्त गरेका छन्। नयाँ सरकारलाई फागुनभित्र निर्वाचन सम्पन्न गर्ने जनादेश दिइएको छ।

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार उनलाई नियुक्त गर्दै शपथ खुवाएका छन् । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत उपस्थित थिए।

सम्वन्धित समाचारहरु