Trending
>>   नागरिक लगानी कोषको पुँजी १० अर्ब पुर्‍याइने, निजी इक्विटी र भेन्चर क्यापिटलमा पनि लगानी गर्न… >>   चार महिनामै ८ खर्ब बढीको वस्तु आयात >>   १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र विक्री गरिँदै >>   चीनको अन्तरिक्ष केन्द्र पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बन्दै पाकिस्तानी नागरिक अली >>   देउवा पक्षलाई गगनको चुनौतीः ‘राजीनामा दिनुस्’ >>   आधाभन्दा बढी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिनै बेच्छन् एन्टिबायोटिक >>   सरकारलाई गगनको चेतावनी – ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ >>   स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास चल्दैनः प्रचण्ड >>   प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक भएन:गगन थापा >>   १८४ अर्बको ऋण तत्काल लिने होइन, आवश्यकताअनुसार उपयोग गर्ने लाइन अफ क्रेडिट होः अर्थमन्त्री वाग्ले
Logo
९ मंसिर २०८३, बुधबार
९ मंसिर २०८३, बुधबार

एमालेको प्रश्नः प्रधानमन्त्री संसदसँग किन तर्सिएको ?


एमालेको प्रश्नः प्रधानमन्त्री संसदसँग किन तर्सिएको ?

काठमाडौ।नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र साह संसदसंग किन तर्सिरहेको भन्दै प्रश्न उठाएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्री संसदबाट टाढा रहन खोजेको आरोप लगाएका छन् । यति धेरै जनमत पाएको सरकार र त्यसको प्रमुख संसदसँग किन त्रसित छ ? संसदलाई छल्ने प्रयास किन भइरहेको छ ? उनको प्रश्न छ । प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाउँदै उनले सरकार संविधान र संसदीय अभ्यासविपरीत अघि बढिरहेको बताए । उनले संविधानको धारा ७६(१०) र धारा ८१ को भावना सरकारले उल्लङ्घन गरिरहेको उल्लेख गरे । उनकाअनुसार संविधानले प्रधानमन्त्री र मन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ, तर प्रधानमन्त्री अहिलेसम्म संसदमा उपस्थित भएर कुनै पनि विषयमा जवाफ दिन आएका छैनन् । उनले कार्यपालिका र राष्ट्रपतिबीच दूरी सिर्जना गर्ने प्रयास भइरहेको आरोप पनि लगाए । राष्ट्रपति संस्थालाई अपमानित र बाइपास गर्ने गतिविधि भइरहेको उनको भनाई छ ।

उनले भने, ‘यति धेरै अपार जनमत पाएको सरकार र त्यसको प्रमुख यो संसदसंग किन त्रसिरहनुभएको छ ? संसदसंग किन टाढा भईरहनुभएको छ र यसलाई छल्न खोजिरहनुभएको छ ? आज आम जनता र संसदमा प्रतिनिधित्व गर्ने सबैको यो आम प्रश्न हो । यो संसदले प्रधानमन्त्री उत्पादन ग¥यो, आफूलाई उत्पति गर्ने संसदलाई जुन अवमुल्यन गर्ने काम भईरहेको छ, नेपाली जनतालाई, संसदलाई यसले गम्भिर बनाएको छ । संविधानको धारा ७६ को १० र धारा ८१ को सरकारबाट उल्लङघन गर्ने काम भईरहेको छ । धारा ७६ को १० ले प्रधानमन्त्री र मन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ भन्ने व्यवस्था गरेको छ तर आजसम्म एकपटक पनि प्रधानमन्त्रीले संसदमा आएर कुनैपनि कुराको जवाफ दिनुभएको छैन । यसप्रति उहाँको रेस्पोन्स छैन, रेस्पेक्ट छैन । प्राक्टिसहरु जुन छ, त्यसको खण्डन गरिएको छ । अहिले कार्यपालिका र राष्ट्रपतिको बीचमा दुरी पैदा गर्ने काम भईरहेको छ । यो पनि संविधानको गम्भिर उल्लङ्घन हो । यसले प्रश्न उठाएको छ, संविधान संसोधनसम्बन्धी बहस कार्यदल बन्दैछ, कस्तो बहस सिर्जना गर्न खोजिएको हो ? राष्ट्रपति संस्थालाई अपहेलना गरेर र त्यसलाई वाईपास गरेर के गर्न खोजिएको हो ? गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने कुरा सुनिँदैछ, यस्ता गम्भिर प्रश्न उठेका छन्, यसको जवाफ प्रधानमन्त्रीले यो संसदमा दिनुपर्नेछ । प्रधानमन्त्रीले संसद निवयावलीमा भएका धेरै कुराहरुलाई अनदेखा गरिहनुभएको छ, उहाँ किन खोपीको देउता बन्न खोज्दै हुनुहुन्छ ? के प्रधानमन्त्री वालेन्द्र साहलाई खोपीको देउता बनाएर घण्टी बजाएर पुजा गर्न लागेको हो ? लोकतन्त्रको चिर हरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजेको हो ? संविधानको चिरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ? यी प्रश्नको जवाफ सदनमा आएर प्रधानमन्त्रीले दिनुपर्छ । प्रधानमन्त्री संसदमा नआई संसदको कारबाही अगाडी बढ्न सक्दैन ।’

गणतन्त्र दिवसमा समेत प्रधानमन्त्रीले सम्बोधन नगर्ने चर्चा सार्वजनिक भइरहेको भन्दै उनले सरकारको भूमिकामाथि थप प्रश्न उठेको बताएका छन् । यी सबै विषयमा प्रधानमन्त्रीले संसदमा उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने उनको माग छ ।


प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?