Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूको अवरोध


प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूको अवरोध

काठमाडौ।प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र नेकपा एमालेसहित विभिन्न राजनीतिक दलहरूले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सामूहिक रूपमा विरोध जनाउँदै सदनको कार्यसूची अगाडि बढ्न नदिएका हुन् । बैठकको प्रारम्भमा आकस्मिक, शुन्य र विशेष समयमा सांसदहरूले समसामयिक विषयमा आफ्ना धारणा राखिसकेपछि सदनको नियमित कारबाही शुरु हुने क्रममा प्रतिपक्षी दलहरूले अवरोध सिर्जना गरेका थिए । सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री बालेन्द्र साहले संसद्मै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने अडान उनीहरूको छ ।

प्रधानमन्त्री संसद्मा उपस्थित नभएसम्म सदनको अवरोध कायम राख्ने निर्णय प्रतिपक्षी दलहरूले लिएका छन् । प्रतिपक्षीको अवरोधका कारण सदनको अन्य प्रक्रिया प्रभावित भएको छ ।


प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?