काठमाडौ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले पत्रकार किशोर श्रेष्ठलाई गिरफ्तार गर्ने भनिएको विषयले सिंगो आम सञ्चार क्षेत्रलाई आतंकित बनाएको टिप्पणी गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले समाचार लेखिएको आधारमा सरकारले पत्रकारहरुलाई आतंकित गर्ने प्रवृत्ति देखिएको भन्दै तत्काल रोक्न पनि माग गरेका छन् । प्रमुख सचेतक दुलालले पत्रकारहरुले सरकारका कमीबारे समाचार लेख्न पाउने भन्दै त्यसैको आधारमा सरकारले पत्रकार श्रेष्ठलाई गिरफदार गर्ने भनि फैल्याइएको आतंकले सिंगो आम सञ्चार माध्याममा नकारात्मक सन्देश गएको पनि बताए । पत्रकारहरुको समाचार लेखनबारे नियमन गर्ने निकाय प्रेस काउन्सिल नेपाल भएकाले सरकारले उनीहरुलाई आतंकित पारेर राज्यशक्तिको दुरुपयोग गर्न नहुने पनि बताएका छन् ।
प्रमुख सचेतक दुलालले भने,‘गएको २४ घण्टा देशको एक जना स्थापित पत्रकारलाई सरकारले गिफरतार गर्दैछ रे भन्ने समाचारले बजार लियो । समाचार लेखिएको आधारमा पत्रकारलाई आतंकित गर्ने जुन अहिले प्रवृत्ति देखिएको छ । यसले आम सञ्चार माध्याममा एउटा संशय पैदा भएको छ । सरकारका राम्रो कामको बखान गर्ने र नागरिकमा, जनतामा पु¥याउने आम सञ्चार माध्यमले सरकारलाई खबरदारी गर्न लोकतन्त्रमा सरकारका कमीकमजोरीका पनि समाचारहरु लेख्न सक्छन । त्यसकारण पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेको आधारमा जुन किसिमको आतंक सृजना गरिएको छ । यसले आम सञ्चार माध्याममा एउटा नकारात्मक सन्देश गएको छ । र, पत्रकारले लेखेको समाचारलाई नियमन गर्ने प्रेस काउन्सिल नेपालमार्फत काम गर्नुपर्नेमा राज्यको शक्तिको दुरुपयोग नहोस भन्ने कुरामा हाम्रो दल माग गर्दछ ।’
प्रमुख सचेतक दलालले पत्रकारहरुमाथि राज्यको शक्तिको दुरुपयोग हुनेकुरा मान्य नहुने पनि बताएका छन् ।
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलवार