२४ ,असोज ,जनकपुरधाम । नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए । उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी
२४ ,असोज ,जनकपुरधाम । मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहतस्वरुप दिने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मङ्गलबार साँझ एक शोक वक्तव्यमार्फत मृतक परिवारमा समवेदना व्यक्त गर्नुहुँदै पीडित साह परिवारलाई प्रदेश
२४ ,असोज ,किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाडाँमा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । टेलिफोन सेवा अवरुद्ध हुदा भोटखोला–१ किमाथाङ्काबाहेक सबै वडामा सम्र्पकविच्छेद भएको छ
२४ ,असोज ,बेनी । म्याग्दी सदरमुकाम बेनी बजारभित्रको सडकलाई अतिक्रमणमुक्त बनाउने अभियान सुरु भएको छ । बेनी नगरपालिकाले बजारभित्र सडकलाई अतिक्रमण गरी बनाइएका सडक, पेटी र अव्यवस्थित पूर्वाधार हटाउन थालेको हो । पटक–पटकको अनुरोध र सार्वजनिक सूचनालाई अटेर गरेपछि नगरपालिकाले बेनीको अस्पतालचोकबाट सडक मापदण्डलाई कार्यान्वयनमा ल्याउनका लागि अतिक्रमित संरचना भत्काउन
२४ ,असोज ,कर्णाली । कर्णाली प्रदेश सरकारलाई ‘कर्णाली प्रदेश भू–उपयोग नीति तथा जोखिम संवेदनशील भू–उपयोग योजना र निर्देशिका’ हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा मङ्गलबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित भू–उपयोग नीति, योजना तथा निर्देशिकासम्बन्धी कार्यशाला गोष्ठीमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का सहायक आवासीय प्रतिनिधि विजय सिंहले उक्त
काठमाडौं: परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ। उहाँले मंगलबार दिउँसो समकक्षी कोहेनसँग टेलिफोनमा कुराकानी गर्नुभएको हो। कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली विदेशमन्त्री कोहेनसँग विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताउनुभयो। ‘महामहिमज्यू १० नेपालीको मृत्युको खबरले हामीहरुलाई स्तब्ध बनाएको छ।
काठमाडौं: निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ३ सदस्यीय टोली मंगलबार मित्रराष्ट्र संयुक्त राज्य अमेरिका प्रस्थान गरेको छ । अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म संचालन हुने ‘International Association of Chief of Police Conference ’ विषयक कार्यक्रममा नेपाल
सुनसरी: चाडपर्वलाई लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न १ सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) राखेको छ । भारततर्फको सीमावर्ती इलाकामा १ सय २० स्थानमा र चीनतर्फ २ स्थानमा सहायता कक्ष राखिएको छ भने स्वास्थ्य कक्ष भारततर्फ ३० स्थानमा र
महोत्तरी: सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास, महोत्तरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) मुजफारपुर, बेतिया र पुर्नियाको सेक्टर हे.क्वा. बीच असोज २२ गते बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न भएको छ । नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह र
२३ ,असोज ,मकवानपुर । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले खरको छाना मुक्त बागमती प्रदेश कार्यक्रम, सिमान्तकृत चेपाङ, वनकरिया माझी र बोटे समुदाय एकीकृत बस्ती तथा आवास कार्यक्रम कार्यान्वयनका लागि स्वीकृति प्रदान गरेको छ । प्रदेशको