Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

सशस्त्र प्रहरीद्वारा चाडपर्व लक्षित १ सय २२ हेल्प डेस्क र ३३ हेल्थ डेस्क स्थापना


सुनसरी: चाडपर्वलाई लक्षित गरी सशस्त्र प्रहरी बल, नेपालले देशका विभिन्न १ सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) राखेको छ । भारततर्फको सीमावर्ती इलाकामा १ सय २० स्थानमा र चीनतर्फ २ स्थानमा सहायता कक्ष राखिएको छ भने स्वास्थ्य कक्ष भारततर्फ ३० स्थानमा र चीनतर्फ ३ स्थानमा राखिएको छ । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवगमनको व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्वार कार्यमा सहयोग पु¥याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको हो ।

चाडपर्व लक्षित सहायता कक्ष नं. १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत २५, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत ५३, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर मातहत २, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहत २, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही मातहत १९, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत मातहत १ र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत २० स्थानमा राखिएको छ । स्वास्थ्य कक्ष नं. १ बराह बाहिनी मुख्यालय सुनसरी मातहत ४, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी मातहत २२, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर मातहत ३, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही मातहत ३, र नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत १
स्थानमा राखिएको छ ।

आवश्यक देखिए अन्य स्थानहरुमा समेत सहायता कक्ष र स्वास्थ्य सेवा कक्षहरु स्थापना गरी सेवा प्रदान गरिने छ । चाडपर्वको बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरुको सुरक्षा, सीमा क्षेत्रमा हुने अवैध गतिविधि, चोरी डकैती, लुटपाट जस्ता घटनाहरु हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क राखिएको छ भने सीमा नाकाबाट आवतजावत गर्ने क्रममा कुनैपनि नागरिकमा स्वास्थ्य समस्या देखिएमा हेल्थ डेस्कमा उपलब्ध श्रोतसाधनको प्रयोग गरी स्वास्थयकर्मीहरुद्वारा उपचार गर्ने व्यवस्था मिलाइएको छ ।


प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?