Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

समाचार


रुकुम पश्चिममा आँखा पाक्ने समस्या

१८ श्रावण, रूकुम । रुकुम पश्चिममा आँखा पाक्ने समस्या भएका बिरामी बढ्न थालेका छन् । आँखा सर्जिकल तथा आँखा उपचार केन्द्र सल्लेमा प्रत्येक दिन आँखा पाक्ने समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केन्द्रका प्रमुख धनबहादुर केसीले केन्द्रमा आँखा पाक्ने रोगका बिरामी दैनिकरुपमा २२  जना आउने गरेको जानकारी दिए

लक्ष्यअनुसार उठेन राजस्व

१८ श्रावण, दाङ । दाङका पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन भएकाले लक्ष्यअनुसारको राजस्व उठेको छैन । जिल्ला समन्वय समितिले बुधबार आयोजना गरेको आर्थिक वर्ष २०७९÷८० को वार्षिक समीक्षा गोष्ठीमा जिल्लाका दसवटै पालिकाले प्रस्तुत गरेको प्रगति समीक्षामा नदीजन्य पदार्थबाट राजस्व उठाउने लक्ष्य र सङ्कलनको अवस्था हेर्दा निकै दयनीय रहेको देखिएको छ ।

अब चिया बगान हेर्न इलाम जानुपर्दैन

१८ श्रावण, गलकोट । पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको छ । वनमाराले ढाकेको पाखो चिया बगान बनेपछि आन्तरिक पर्यटक अवलोकनका लागि यहाँ पुग्न थालेका छन् । चिया

निकुञ्ज विभागमा एक वर्षमा के-के भए काम?

१८ श्रावण, काठमाडाैँ। वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत आर्थिक वर्षमा महत्वपूर्ण नीतिगत तथा अन्य महत्वपूर्ण काम भएको जनाएको छ । विभागमा आर्थिक वर्ष २०७९/८० मा विभिन्न नीतिगत निर्णय गरी कार्यान्वयनमा लगिएको, राष्ट्रिय र अन्तर्राष्ट्रिय संरक्षणका कार्यक्रम गर्नाका साथै विभिन्न सहयोग जुटाउन सफल भएको जनाएको छ

राष्ट्रिय युवा विज्ञान सम्मेलन भदौ ३० मा

१८ श्रावण, काठमाडाैँ । नेपालमा रहेर विज्ञानका क्षेत्रमा काम गर्ने तथा विज्ञानमा लगाव राख्ने १३ देखि २५ वर्ष उमेर समूहका युवा तथा बालबालिकालाई लक्षित गरी आगामी भदौ ३० गते राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गरिने भएको छ । कार्यक्रममा सहभागी हुन चाहनेलाई आवेदन दिन नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सार्वजनिक आह्वान गरेको छ

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी

१८ श्रावण, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी छ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सङ्क्षिप्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । आजको बैठकको प्रारम्भमा वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामकारबाहीका

तीन सय ८० हेक्टर जमिनमा सिँचाइले उत्पादन बढायो

१८ श्रावण,  क्रमिकरूपमा कुलो निर्माणबाट रसुवामा भएको सिँचाइको व्यवस्थाले कृषि उपज बढ्न थालेको छ । सिँचाइ डिभिजन कार्यालयले किसानको माग र टट्कारो आवश्यक्ताअनुसार गत आर्थिक वर्षमा १२ वटा नयाँ सिँचाइ कुलो निर्माण र १० वटा भइराखेको सिँचाइ कुलो मर्मत भएसँगै उर्वर भूमिमा पानीको आपूर्तिले कृषिउपज बढ्न थालेको हो । समय

‘ब्लू बस’ चलाएर रास्वपाले सस्तो राजनीति गर्न खोज्यो : शंकर पोखरेल

१८ श्रावण, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा महिलाका लागि नि:शुल्क ब्लु बस चलाएकोप्रति आपत्ति जनाएका छन् । उनले रास्वपाले महिलाका लागि नि:शुल्क ब्लु बस चलाएर सस्तो राजनीति गर्न खोजेको आरोप लगाए । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले भनेका छन्, ‘दुनियाँका धेरै मुलुकहरूमा

‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’

१८ श्रावण, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् । केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उढाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताए । “जस्तापाता

बारुला पोलेर खाँदा ६ जना बेहोस

१८ श्रावण, मनाङ । हिमाली जिल्ला मनाङमा भुइँ बारुला (सिङ्गुस) खाँदा ६ जना बिरामी परेका छन्। मङ्गलबार दिउँसो चामे गाउँपालिका–३ कोतोस्थित मनाङमा काम गर्ने छ जना मजदुरले सिङ्गुस पोलेर खाँदा बिरामी परेका हुन्। गोर्खाका सेते तामाङ, पहलमान थापा, उदयपुरकी लीला तामाङ, गोर्खाका दलबहादुर आले, गुन्जमान थापा, धादिङका प्रेमबहादुर घले, गोर्खाका वनबहादुर

सम्वन्धित समाचारहरु