Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

राष्ट्रिय युवा विज्ञान सम्मेलन भदौ ३० मा


१८ श्रावण, काठमाडाैँ । नेपालमा रहेर विज्ञानका क्षेत्रमा काम गर्ने तथा विज्ञानमा लगाव राख्ने १३ देखि २५ वर्ष उमेर समूहका युवा तथा बालबालिकालाई लक्षित गरी आगामी भदौ ३० गते राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गरिने भएको छ ।

कार्यक्रममा सहभागी हुन चाहनेलाई आवेदन दिन नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सार्वजनिक आह्वान गरेको छ । सम्मेलनमा सहभागी हुन आवेदन दिने युवा तथा बालबालिकालाई कार्यक्रमअघि नै दूर शिक्षा विधिबाट वैज्ञानिक अनुसन्धान पत्रको अवधारणा लेखन तथा प्रस्तुतीकरणसम्बन्धी कार्यशालासमेत सञ्चालन गरिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

यस वर्ष सम्मेलनको विषयवस्तु ‘भविष्यका लागि सिकाइ’ रहेको छ । यसैसँग सम्बन्धित रहेर सहभागीले सम्मेलनमा आफूले गरेका वैज्ञानिक कार्य वा तयार पारेका वैज्ञानिक अवधारणा वा योजनालाई प्रस्तुत गर्नेछन् । सम्मेलनमा सहभागीले वैज्ञानिक मञ्च, चिनजान तथा सञ्जालको अवसर प्राप्त गर्नेछन् । सम्मेलनमा उत्कृष्ट प्रस्तुतीकरण गर्ने सहभागीलाई अन्तर्राष्ट्रिय कार्यक्रममा संलग्न हुने अवसरसमेत प्रदान गरिने उहाँले बताए ।

सम्मेलनमा भाग लिनका लागि आवेदन फारम भर्ने अन्तिम मिति आगामी भदौ ८ गतेसम्म तोकिएको छ । भदौ ३० गते काठमाडौँको हुने सोसाइटीले जनाएको छ ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?