Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

राष्ट्रिय युवा विज्ञान सम्मेलन भदौ ३० मा


१८ श्रावण, काठमाडाैँ । नेपालमा रहेर विज्ञानका क्षेत्रमा काम गर्ने तथा विज्ञानमा लगाव राख्ने १३ देखि २५ वर्ष उमेर समूहका युवा तथा बालबालिकालाई लक्षित गरी आगामी भदौ ३० गते राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गरिने भएको छ ।

कार्यक्रममा सहभागी हुन चाहनेलाई आवेदन दिन नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सार्वजनिक आह्वान गरेको छ । सम्मेलनमा सहभागी हुन आवेदन दिने युवा तथा बालबालिकालाई कार्यक्रमअघि नै दूर शिक्षा विधिबाट वैज्ञानिक अनुसन्धान पत्रको अवधारणा लेखन तथा प्रस्तुतीकरणसम्बन्धी कार्यशालासमेत सञ्चालन गरिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

यस वर्ष सम्मेलनको विषयवस्तु ‘भविष्यका लागि सिकाइ’ रहेको छ । यसैसँग सम्बन्धित रहेर सहभागीले सम्मेलनमा आफूले गरेका वैज्ञानिक कार्य वा तयार पारेका वैज्ञानिक अवधारणा वा योजनालाई प्रस्तुत गर्नेछन् । सम्मेलनमा सहभागीले वैज्ञानिक मञ्च, चिनजान तथा सञ्जालको अवसर प्राप्त गर्नेछन् । सम्मेलनमा उत्कृष्ट प्रस्तुतीकरण गर्ने सहभागीलाई अन्तर्राष्ट्रिय कार्यक्रममा संलग्न हुने अवसरसमेत प्रदान गरिने उहाँले बताए ।

सम्मेलनमा भाग लिनका लागि आवेदन फारम भर्ने अन्तिम मिति आगामी भदौ ८ गतेसम्म तोकिएको छ । भदौ ३० गते काठमाडौँको हुने सोसाइटीले जनाएको छ ।


प्रकाशित मिति: १८ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?