Trending
>>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह >>   काँग्रेसले मंसिरभर ‘काँग्रेस तयार छ’ अभियान चलाउने >>   कर्णाली याक्सको विराटनगरमाथि जित >>   दोस्रो खेलबाट डेविड वार्नर आउन सक्छन्ः काठमान्डुका प्रशिक्षक शरद >>   ट्यालेन्ट हन्टबाट आएको खेलाडीलाई विश्वास गर्नु महत्वपूर्ण थियो– राहुल यादव >>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

समाचार


कांग्रेस कार्यसम्पादन समितिको बैठक

१८ ,कात्तिक ,काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि कात्तिक १९ गते बस्ने भएको छ । कार्यसम्पादन समितिको बैठक आइतबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास, धुम्बाराहीमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ

जाजरकोट भूकम्प अपडेट : आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ मृत्यु, सय घाइते

१८ ,कात्तिक ,त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पले पुर्‍याएको पहिलो चरणको उद्धार कार्य सकिएको छ । गए रातिदेखि नै सुरु गरिएको पहिलो चरणको उद्धार कार्य आज सकिएको हो । भूकम्पमा परी नगरपालिकाका ४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले

उद्धारमा परिचालन भएका जहाजलाई निगमको निःशुल्क इन्धन

१८ ,कात्तिक ,काठमाडौँ । नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ । नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग गरिएको इन्धनबापतको रकम आर्थिक वर्ष २०८०/०८१ को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कोषबाट निगमले

विपद्को सूचना सम्प्रेषणमा थप संवेदनशील बनौँ : मन्त्री शर्मा

१८ ,कात्तिक ,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विपद्का समयमा गरिने सूचना सम्प्रेषणको महत्व र संवेदनशीलता बुझ्न सबै सञ्चारकर्मीलाई आग्रह गरेकी छन् । सञ्चार मन्त्रालयअन्तर्गतको ‘इमरजेन्सी टेलिकम्युनिकेशन क्लस्टर’ (इटिसी) को आज बसेको बैठकमा उनले भूकम्पको समाचार सम्प्रेषणमा थप संवेदनशील बन्न आग्रह गरेकी हुन् । यस्तो विपद्का समयमा सरकार

लुम्बिनीले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

१८ ,कात्तिक ,तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ । आज तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए । साथै प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य

सरकारले जाजरकोट र रुकुम पश्चिमलाई रु पाँच/पाँच करोड सहायता उपलब्ध गराउने

१८ ,कात्तिक ,काठमाडौँ । सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल रु पाँच/पाँच करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । कम्बल,

बस दुर्घटनामा ३४ जना घाइते

१८ ,कात्तिक ,दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा ३४ जना घाइते भएका छन् । उदयपुरको कटारीबाट पोखरातर्फ आउँदै गरेको ना५ख १७५२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिँदा बसमा सवार ३४ जना घाइते भएका हुन् । दुर्घटनामा घाइते बस चालकसहित यात्रुलाई उद्धार गरी

भूकम्प : रुकुम पश्चिममा ३० जना उपचारपछि घर फर्किए

१८ ,कात्तिक ,काठमाडौँ । भूकम्पमा परी घाइते भएका यहाँका ३० जना उपचारपछि घर पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक नमराज भट्टराईले जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटबाट ३० जना उपचारपछि घर पठाइएको जानकारी दिए। हाल ४० जनाको जिल्लामै र गम्भीर घाइते भएका १५ जनालाई

भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते

काठमाडौँ ।  भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा

भूकम्पका घाइतेलाई काठमाडौ ल्याइयो ( फोटो फिचर )

काठमाडौ । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरुलाई थप उपचारका लागि चौरजहारीबाट काठमाडौ ल्याइएको छ । घाइतेहरुलाई त्रि.वि शिक्षण अस्पतालतर्फ लैजान सहयोगगर्दै सुरक्षाकर्मीहरू:      

सम्वन्धित समाचारहरु