Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

बस दुर्घटनामा ३४ जना घाइते


१८ ,कात्तिक ,दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा ३४ जना घाइते भएका छन् ।

उदयपुरको कटारीबाट पोखरातर्फ आउँदै गरेको ना५ख १७५२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिँदा बसमा सवार ३४ जना घाइते भएका हुन् ।

दुर्घटनामा घाइते बस चालकसहित यात्रुलाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

दुर्घटनामा परी जिल्ला उदयपुर कटारी नगरपालिका–३ का ३१ वर्षीय सुभास परियार, सहचालक जिल्ला ओखलढुङ्गा सुनकोसी गाउँपालिका–७ का अशोक कार्की, उदयपुर कटारी नगरपालिका–४ का २३ वर्षीय युवराज परियार, तनहुँको भानु नगरपालिका–१ का ३१ वर्षीय विक्रम विक, ३० वर्षीया शोभा विश्वकर्मा, चार वर्षीया सहारा सेन्चुरी विक, गोरखाको गोरखा नगरपालिका–३ का ३० वर्षीय कृष्ण परियार र उदयपुर कटारी नगरपालिका–१४ का २९ वर्षीया पार्वती रावत घाइते भएका छन् ।

यस्तै सिन्धुली दुधौली नगरपालिका–१२ का ३३ वर्षीय विष्णु परियार, कास्कीको पोखरा महानगरपालिका–१६ का सात वर्षीय अविनम आले मगर, ३० वर्षीया विमला श्रेष्ठ, १० वर्षीय अङ्कित श्रेष्ठ र १५ वर्षीय आकाश श्रेष्ठ घाइते भएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का ३७ वर्षीय सुजन अधिकारी, भानु नगरपालिका–२ का २३ वर्षीया सुमित्रा अधिकारी, कास्कीको पोखरा महानगरपालिका–१४ वर्षीया चिजमाया खत्री, धनुषाका २० वर्षीया सुजिता शेर्पा, २२ वर्षीय दिनेश दाहाल, ६० वर्षीया मनमाया तामाङ, उदयपुरको कटहरी नगरपालिका–९ का ३५ वर्षीय विनोद गिरी, कास्कीको पोखरा महानगरपालिका–३१ का ३४ वर्षीया बुद्धिमाया अधिकारी र गोरखाको पालुङटार नगरपालिका–७ का ४० वर्षीय शिव कुमाल घाइते भएका छन् ।

प्रहरीका अनुसार उदयपुर कटारी नगरपालिका–४ का १४ वर्षीय दीपसन राउत, कास्कीको पोखरा महानगरपालिका–१९ का १० वर्षीय कृष्ण शाह, १९ वर्षीय नेहा शाह, उदयपुर कटारी नगरपालिका–५ का २८ वर्षीया तुलसीमाया मगर, पोखरा महानगरपालिका–१४ का ४० वर्षीया विन्दु सुनुवार, चितवन भरतपुर महानगरपालिका–१० का १७ वर्षीय सुजन तिवारी, सर्लाही बागमती नगरपालिका–१ का १७ वर्षीय अमृत राना मगर, गुल्मीको धुर्कोट गाउँपालिका–३ का २४ वर्षीया निर्मला नेपाली, इटहरी नगरपालिका–२ का ७१ वर्षीया मनकुमारी कटवाल, तनहुँको भानु नगरपालिका–६ का २५ वर्षीया सुजता अधिकारी, धनुषाको गोदार नगरपालिका–७ का १५ वर्षीया अनिष थापा र पोखरा महानगरपालिका–१४ का १८ वर्षीया सरला सुनार घाइते भएका छन् ।

घाइतेमध्ये केही उपचारपश्चात् डिस्चार्ज भएको र केहीको पोखरा र दमौलीमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?