Trending
>>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

समाचार


कांग्रेस महासमिति बैठकः पाँच प्रतिवेदनमाथि छलफल, एक जनालाई पाँच मिनेट समय

ललितपुर। नेपाली कांग्रेसको महासमिति बैठकमा मङ्गलबार पेस भएका पाँच प्रस्तावमाथि छलफल जारी रहेको छ । उक्त बैठकमा मङ्गलबार पार्टीका उपसभापति, महामन्त्रीद्वय, प्रवक्ता र लेखा समितिका संयोजकले पेस गरेको पाँच प्रतिवेदनमाथि छलफल जारी रहेको हो । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार समूह बनाएर छलफल सुरु गरिएको हो । उक्त बैठकमा

वीरगञ्जमा जारी निषेधज्ञा राति १० बजे सम्मका लागि हटाइयो

वीरगञ्ज,पर्सा। दुई पक्षबीचको झडपलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा आज राति १० बजेसम्मका लागि हटाएको छ । उक्त जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको निषेधाज्ञा आज बिहान ६ देखि राति १० बजेसम्मका लागि खुला गरेको हो । त्यसैगरी, सर्वसाधारणको सहजताका लागि निषेधाज्ञा

मकवानपुरमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

बागमती। मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा आज अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार धादिङ बजारतर्फबाट मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीतर्फ आउने क्रममा ना२.ह ५२६८ नंको अटो अनियन्त्रित भएर पल्टिएको थियो । घाइते भएका सोही स्थान निवासी ३५ वर्षीय चालक सुमन भन्ने देवीबहादुर घिमिरेलाई उपचारका लागिहेटौँडा अस्पताल

घट्यो कांग्रेसको चन्दा र लेभी

काठमाडौं। नेपाली कांग्रेसको गत वर्षको आम्दानी घटेको छ । केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले महासमिति बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लेखा परीक्षण प्रतिवेदन अनुसार चन्दा दिनेहरू घटेका छन् । लेभी र नवीकरण शुल्कमा उल्लेख्य कमी आएको छ । कांग्रेसले आव.२०७८/७९ मा सदस्यता, लेभी र नवीकरण

बन्द रहेको विराटनगर जुट मिल्समा आगलागी, करिब २० लाख रुपैयाँ बराबरको क्षति

काठमाडौं। बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालको पहिलो उद्योगमा मंगलबार राति आगलागी भएको हो । उक्त आगलागीबाट २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बन्द अवस्थाको जुट मिलको ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी सुरु भएको थियो

लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन्ः प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका छन् । लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उनले चाँडै लघुवित्त र सहकारी समस्या समाधान गरिने विश्वास दिलाए । प्रधानमन्त्री दाहालले भने, “विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा

नामिबियाविरुद्ध नेपाल एक सय ६८ रनमा समेटियो

काठमाडौं। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज भएको नामिबियाविरुद्धको खेलमा नेपाल एक सय ६८ रनमा समेटिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३७ दशमलव एक ओभरमा अलआउट हुन पुग्यो । नेपालका लागि आशिफ शेखले ६४ बल खेल्दै आठ चौका र

ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्रमा खाली गर्न महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं ४ बालुवाटारस्थित ललिता निवास क्षेत्रको जफत (सरकारी) भएको सम्पत्ति संरक्षण गर्ने भन्दै उक्त क्षेत्र एक साताभित्र खाली गर्न आग्रह गरेको छ । विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएकाले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा सङ्घसंस्थाहरुलाई उक्त क्षेत्रबाट हट्न महानगरले आग्रह

धम्क्याएर ५० लाख रकम माग्ने दुई जना पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले डर, त्रास तथा धम्की दिई रु ५० लाख रकम माग गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–१ बस्ने ३६ बर्षीय हृदयराज बोगटी उपनाम विश्वजित बटला तथा नुवाकोट ककनी नगरपालिका–३ बस्ने ३६ बर्षीय नरहरि ढुङगाना उपनाम

आर्थिक परिसूचकमा क्रमशः सुधार भएको छ: अर्थमन्त्री डा.महत

पाटन। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । उनले अर्थतन्त्र चापमा नै रहेको स्वीकार गरे । ललितपुरमा जारी महासमिति बैठकमा देशको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी कार्यदिशासम्बन्धी प्रतिवेदन मङ्गलबार प्रस्तुत गर्दै अर्थमन्त्रालयको कार्यभार सम्हालेका डा. महतले लोकतान्त्रिक समाजवादको आदर्शलाई कांग्रेसले

सम्वन्धित समाचारहरु