Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

घट्यो कांग्रेसको चन्दा र लेभी


काठमाडौं। नेपाली कांग्रेसको गत वर्षको आम्दानी घटेको छ । केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले महासमिति बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लेखा परीक्षण प्रतिवेदन अनुसार चन्दा दिनेहरू घटेका छन् । लेभी र नवीकरण शुल्कमा उल्लेख्य कमी आएको छ ।

कांग्रेसले आव.२०७८/७९ मा सदस्यता, लेभी र नवीकरण शुल्क बापत ७ करोड ४३ लाख ०३ हजार ५ सय १ रुपैयाँ आम्दानी गरेको थियो भने आर्थिक वर्ष २०७९/८० मा भने सदस्यता, लेभी र नवीकरण शुल्कमै साढे ६ करोड भन्दा बढीले कमी आएको छ । आ.व.२०७९/८० मा सदस्यता, लेभी र नवीकरण शुल्क बापत ५७ लाख ६० हजार ८ सय रुपैयाँ मात्र आम्दानी भएको काँग्रेसको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

आ.व.२०७८/७९ मा कांग्रेसको जम्मा आम्दानी रु. १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैयाँ थियो भने आ.व.२०७९/८० मा भने कांग्रेसले जम्मा ३ करोड ६४ लाख ७६ हजार २ सय ९७ रुपैयाँ आम्दानी देखाएको छ ।

आ.व.२०७८/७९ मा चन्दा तथा सहयोग बापत ६ करोड ६८ लाख २४ हजार रुपैयाँ, प्रकाशन बिक्रीबाट ११ लाख ४९ हजार ४ सय रुपैयाँ र व्याज आम्दानी बापत ६७ लाख १७ हजार १ सय ८५ रुपैयाँ आम्दानी गरेको थियो भने गत वर्ष चन्दा तथा सहयोग बापत २ करोड ६५ लाख ६४ हजार ५ सय ७७ रुपैयाँ, प्रकाशन बिक्रीबाट ९४ हजार ६ सय पचास रुपैयाँ, लिलाम बिक्री बापत २ लाख २५ हजार रुपैयाँ र व्याज आम्दानी बापत ३८ लाख ३१ हजार २ सय ७० रुपैयाँ आम्दानी गरेको कांग्रेसले जनाएको छ ।

आ.व.२०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष कांग्रेसलाई चन्दाबापत ४ करोड कम प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । कांग्रेसको आम्दानी अघिल्लो वर्षको तुलनामा गत वर्ष ४ करोड ३५ लाख १८ हजार ८२३ कम भएको छ । उक्त पार्टीको आ.व. २०७८/०७९ मा साधारण जगेडा कोषको रकम रु. ६ करोड ९६ लाख ५९ हजार १ सय २३ रुपैयाँ भएकोमा आ.व.२०७९/८० मा उक्त रकममा केही कमी आई रकम रु. २ करोड ६१ लाख ४० हजार ३ सय रुपैयाँ कायम भएको थियो’ प्रतिवेदनमा उल्लेख छ ।

उक्त पार्टीको आ.ब. २०७८/७९ मा कूल स्थिर सम्पत्ति ५ करोड ७६ लाख ३७ हजार ६ सय ७० रुपैयाँ रहेकोमा आ.व.२०७९/८० मा ह्रासकट्टी पश्चात् ५ करोड ५३ लाख ५५ हजार ७ सय ११ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?