Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

कांग्रेस महासमिति बैठकः पाँच प्रतिवेदनमाथि छलफल, एक जनालाई पाँच मिनेट समय


ललितपुर। नेपाली कांग्रेसको महासमिति बैठकमा मङ्गलबार पेस भएका पाँच प्रस्तावमाथि छलफल जारी रहेको छ । उक्त बैठकमा मङ्गलबार पार्टीका उपसभापति, महामन्त्रीद्वय, प्रवक्ता र लेखा समितिका संयोजकले पेस गरेको पाँच प्रतिवेदनमाथि छलफल जारी रहेको हो । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार समूह बनाएर छलफल सुरु गरिएको हो ।

उक्त बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेको लेखापरीक्षण प्रतिवेदन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको हो ।

त्यस्तै, वक्ताहरुलाई आफ्नो सुझाव र धारणा राख्न पाँच मिनेटको समय तोकिएको छ भने वक्ताहरुले समयको परिधिभित्र रहेर आफ्नो धारणा राखिरहेका छन् । सो सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फुलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशङ्खुनारायण हलमा मधेस र कर्णाली प्रदेशको समूहगत छलफल भइरहेको पार्टीका प्रचारप्रसार उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

उक्त बैठकमा धारणा राख्ने वक्ताहरुले पार्टी सङ्गठनलाई चुस्त, दुरुस्त बनाउन महासमिति सदस्यहरुलाई जिल्ला कार्यसमितिको पदेन सदस्य बनाइनुपर्ने, निर्वाचन अगाडि गठबन्धन गर्न नहुने, अहिलेको गठबन्धनलाई निरन्तर राख्नुपर्ने, पार्टी र जनप्रतिनिधीबीच समन्वय हुनुपर्ने, महिलालाई पार्टीभित्र पदाधिकारीलगायतका पदमा ३३ प्रतिशत अधिकार दिनुपर्ने लगायत धारणा राखेका छन् ।


प्रकाशित मिति: ९ फाल्गुन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?