Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

समाचार


पार्टीको झन्डा ओढाएर प्रचण्डले गरे शेर्पालीको अन्तिम बिदाइ

काठमाडौं। वाइसीएलका अध्यक्ष सुबोध शेर्पालीका दिवङ्गत बुवा तेजबहादुर शेर्पालीको आज अन्तिम बिदाइ गरिएको छ । शेर्पालीको पार्थिव शरीरलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । त्यस्तै, फोक्सोसम्बन्धी क्यान्सरबाट पीडित रहेका शेर्पालीको बिहीबार उपचारको

कुनै पनि छानबिन निष्पक्ष हुनुपर्छ :मन्त्री गुरुङ

वालिङ,स्याङ्जा। कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारसम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुपर्ने बताएका छन् । भ्रष्टाचारलगायतका विभिन्न विषयमा ठूला मान्छे जोडिएपछि छानबिन फितलो हुने गरेको भन्दै यसलाई अझ दरिलो तरिकाले अगाडि बढाउनुपर्नेमा जोड समेत दिएका छन् । नेपाल प्रेस युनियन स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले

विराटनगरमा चोरी गर्ने उद्देश्यले एक व्‍यक्तिले एभरेष्ट बैंकको एटिएम मेसिन फुटाए

विराटनगर। विराटनगरमा चोरी गर्ने उद्देश्यले एक व्‍यक्तिले एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएका छन् । बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन फुटाएका हुन् । प्रहरीले मेसिन फुटाउँदै गर्दा विराटनगर-११ घर भई वडानम्बर-९ गुद्री बजारमा डेरा गरी बस्ने ३०वर्षीय मुकेशकुमार कामतलाई पक्राउ गरेको थियो । मोरङ प्रहरी प्रवक्त

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा दोस्रो दिन गए खाँण

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री नेता बालकृष्ण खाँण पार्टीको जारी केन्द्रीय समितिको बैठकमा दोस्रो दिन सहभागी भएका छन् । बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा उनी पहिलो दिन भने उपस्थित भएका थिएनन् । त्यसैगरी, पुर्पक्षका लागि खाँण थुनामा रहेपछि उनले पार्टीबाट निलम्बन गर्नुपर्ने र गर्नहुन्न् भन्ने दुई धार

अम्रिसो बेचेर तीन करोड बढी आम्दानी

मध्यविन्दु,नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको थियो । यसबाट रु तीन करोड २६ लाख ३५ हजार आठ सय ५० आम्दानी भएको डिभिजन

‘आहा रारा पोखरा गोल्डकप’ माघ ९ देखि

कास्की। मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करण आगामी माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ । उक्त खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ बर्सेनि हुँदै आएको प्रतियोगितामा यस पटक विदेशी

कोरियामा सुतेकै अवस्थामा एक नेपाली युवाको मृत्यु

विराटनगर। रोजगारीका लागि दक्षिण कोरियामा रहेका झापाको बुद्धशान्ति गाउँपालिकाका एकजना युवा मृत अवस्थामा भेटिएका छन् । त्यस्तै, बुसानस्थित एक कम्पनीमा कार्यरत बुद्धशान्ति-३ कञ्चनबारीका ३० वर्षीय पदम न्यौपाने सुतेकै अवस्थामा मृत भेटिएको खबर आएको उनका आफन्तले जनाएका छन् । पाँच वर्षअघि इपिएस कामदारको रुपमा उनी दक्षिण कोरिया पुगेका थिए भने गत

पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

काठमाडौं। आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जिल्लाका जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागू हुने गरी बिहीबार निर्वाचन अधिकृतका रूपमा नियुक्त

नेपालगञ्जका विभिन्न धार्मिकस्थलमा सुरक्षाकर्मीले गरे सफाई

जानकी,बाँके। नेपालगञ्जमा रहेका विभिन्न धार्मिकस्थलहरुको सरफाई गरिएको छ । आज विहान यहाँ कार्यरत सुरक्षाकर्मीहरुको टोलीले विभिन्न धार्मिकस्थल वरपर सरसफाई गरेका हुन् । ‘सर्व धर्म स्थान, सरसफाई अभियान’ भन्ने मूल नाराका साथ शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले वागेश्वरी मन्दिर, मस्जिद, चर्चलगायत यहाँका विभिन्न धार्मिकस्थल सफाई गरेका हुन्

वन्यजन्तु तथा वन पैदावार चोरी निकासी नियन्त्रण गर्न अन्तरक्रिया

डोटी। वन्यजन्तु तथा वन पैदावार चोरी निकासीमा नियन्त्रण गर्न जिल्लाका सरोकारवाला निकायहरूबीच अन्तरक्रिया गरिएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा वन्यजन्तु नियन्त्रण आदेश २०८० बमोजिम डोटी जिल्लामा वन्यजन्तु अपराध नियन्त्रण एकाइको संरचना, वन्य जन्तु तथा बन पैदावार चोरी निकासी नियन्त्रणका विषयमा छलफल भएको निमित्त वरिष्ठ संरक्षण अधिकृत पौडेलले बताए । खप्तड

सम्वन्धित समाचारहरु