Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्डको रणनीति कांग्रेसमा प्रयोग भयोः नेता महर


काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पार्टी केन्द्रीय सदस्य नैनसिंह महरले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कांग्रेसको ढाडमा टेकेर टाउकोमा हिर्काउने रणनीति अनुसारको व्यवहार गर्न थालेको बताएका छन् । नेपाली कांग्रेस चाँगुनारायण नगर प्रथम सम्मेलनको आज भक्तपुर दुवाकोटमा उद्घाटन गर्दै नेता महरले गठबन्धनको ठूलो दल कांग्रेस भएपनि सरकारले जनपक्षिय काम गर्न नसक्दा आफ्नो असफलताको भारी कांग्रेसलाई बोक्न बाध्य पारेको बताएका हुन् ।

जनताका जनजिविकाका सवालहरु बिर्सिएको सरकार भ्रष्टीकरणतर्फ जान थालेको बताउदै नेता महरले प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरुले स्वंय कार्यसम्पादनमा सफलता प्राप्त गर्न नसकेको स्वीकार्न थालेकाले सरकार अकर्मण्यतार्फ उन्मुख भएको टिप्पणी गरे ।

सरकारले सुशासनका पक्षमा काम गर्न नसकेका कारण कांग्रेसको देश र जनताकेन्द्रित मिसन असफल हुनेतर्फ समेत नेता महरले चिन्ता व्यक्त गरेका छन् । कांग्रेसको सहारा लिएर कांग्रेसलाई असफल देखाउने प्रपञ्च सह्य नहुने भन्दै उनले चेतावनी समेत दिएका छन् । कांग्रेसलाई असफलताबाट जोगाउन प्रधानमन्त्री प्रचण्डको राजिनामा माग्नुपर्ने महरको भनाई थियो ।


प्रकाशित मिति: २० माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?