Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

प्रणय दिवसको अवसर पारेर सौराहामा खाना महोत्सव


भरतपुर। चितवनको पर्यटकीय नगरी सौराहामा खाना महोत्सव हुने भएको छ ।

त्यस्तै, ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसर पारेर रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा यही माघ २८ देखि आगामी फागुन ३ गतेसम्म १८औँ संस्करणको महोत्सव हुन लागेको हो ।

आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यका साथ खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर महोत्सव गर्न लागिएको शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । उक्त महोत्सवमा सञ्चालन हुने पर्यटन प्रवर्द्धनात्मक गतिविधिले पर्यटक भित्र्याउन टेवा पुग्ने विश्वास लिइएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिएका छन्।

उनले सो कार्यक्रम सम्पन्न गर्नका लागि रु ६० लाख अनुमानित खर्च लाग्ने बताए । उक्त कार्यक्रम अवधिभर अनुमानित रु तीन करोडसम्म कारोबार हुने र दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने अनुमान गरेको जनाइएको छ ।कार्यक्रम संयोजक सूर्यबहादुर रिमालले सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउनेगरी महोत्सवका गतिविधिलाई अगाडि बढाइएको जानकारी दिएका छन्।

त्यसैगरी, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कला, संस्कृति, वेशभूषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यका रूपमा सौराहालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए ।

पाँच दिनसम्म चल्ने महोत्सवमा बहुजातजातिहरूको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकार तथा दी एक्सिस ब्याण्डको साङ्गीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेसबीच प्रतियोगिता हुने भएको छ भने प्रणय दिवस विशेष कार्यक्रम, डोरी तान्ने प्रतियोगिता, रेवान कप पालिका स्तरीय भलिबल प्रतियोगिता, अन्तरविद्यालय नृत्य प्रतियोगिता, सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुति रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/०८० मा करिब तीन लाख पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गरेको तथ्याङ्क रहेको छ भने चालु आर्थिक वर्षमा करिब एक लाख ५० हजार पर्यटकले निकुञ्ज अवलोकन गरिसकेको रेवान सौराहाले जनाएको छ ।


प्रकाशित मिति: २१ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?