Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

समाचार


वन विज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको वन विज्ञान शिक्षा कक्षाका विद्यार्थीका लागि प्रयोगात्मक सामग्री अभाव रहेको छ । विद्यालयसँग आर्थिक अभाव हुँदा प्रयोगात्मक सामग्री जुटाउन नसकिएको हो । विद्यार्थिलाई सैद्धान्तिक ज्ञान दिने कार्य भइरहे पनि प्रयोगात्मक सामग्रीको अभाव रहेको विद्यालयका प्रशिक्षक शिक्षक पुष्कर ऐरले बताए ।

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६१ को बिन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको एक करोड ५१ लाख ७८ हजार तीन सय ६८ कित्ता शेयर एक

परराष्ट्रमन्त्री र बेलायती सेना प्रमुखबीच भेटवार्ता

काठमाडौं। नेपाल भ्रमणमा रहेका बेलायती सेना प्रमुख जनरल प्याट्रिक सन्डर्सले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त भेटमा दुई शताब्दीभन्दा लामो नेपाल बेलायत सम्बन्धबारे चर्चा भएको मन्त्री साउदको सचिवालयले जनाएको छ । गोर्खाहरूले बेलायती सेनामा पुर्‍याएको उच्च योगदानको चर्चा गर्दै मन्त्री साउदले १९९७ भन्दा अगाडि रिटायर भएका भूतपूर्व

पूर्वी नाकाबाट सुरु भयो मिटरब्याजविरुद्धको न्याय मार्च

काठमाडौं। ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति’ ले मंगलबार पूर्वी नाका काँकडभिट्टाबाट ‘न्याय मार्च’ सुरु गरेको छ । महाकालीको गड्डाचौकी र काँकडभिट्टाबाट एकैपटक मसाल बालेर न्याय मार्च सुरु गरिएको हो । पूर्वको र पश्चिमवाट पैदल यात्रासहित आउने पीडितहरू चितवनमा भेला भइ पुनः पैदलमार्फत काठमाडौं पुग्ने र त्यहाँ बृहत् सभा

म्याग्दीमा रुखले किचेर एकको मृत्यु

म्याग्दी। रघुगङ्गा गाउँपालिकामा आज रुखले किचेर एक जनाको मृत्यु भएको छ । उक्त गाउँपालिका–३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताएका छन् । त्यस्तै, रुख ढल्न लाग्दा भाग्ने क्रममा चोट लागेर घाइते

खानेपानीको चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम

गण्डकी। स्यापोरो वाटर वर्कस् ब्यूरो जापानको सहयोगमा प्यारो हरियो नेपाल र नेपाल खानेपानी संस्थान काठमाडौंको सहयोगमा आजदेखि पोखरामा दुई हप्ता समयावधिको खानेपानी चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम सुरु भएको छ । त्यस्तै, खानेपानी सेवा तथा व्यवस्थापन प्रणालीमा सुधारका लागि प्राविधिक सहयोग परियोजना अन्तर्गत भौतिक सुविधा विस्तारको साथै नेपाल खानेपानी

चलचित्र ‘खुस्मा’ को छायाङ्कन मनाङबाट

मनाङ।  चलचित्र ‘खुस्मा’ को पहिलो तालिका अन्तर्गतको छायाङ्कन सुरु भएको छ । पहिलो तालिकाअनुसार यही माघको १० गतेदेखि मनाङबाट चलचित्रको छायाङ्कन सुरुआत गरिएको हो । त्यस्तै, हिउँका दृश्य चलचित्रमा राख्नुपर्ने भएकाले मनाङबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्माण पक्षले जनाएको छ । उक्त चलचित्रमा नायक धिरज मगर र नायिका उपासना सिंह

संसद्लाई ‘बिजनेस’ दिन कानुन मन्त्रालयसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। यही माघ २२ गतेदेखि प्रारम्भ हुने सङ्घीय संसद्लाई ‘बिजनेस’ दिनेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन् । आज दिउँसो प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरूलाई बोलाएर आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूको तयारीका बारेमा छलफल गरेको प्रधानमन्त्री कार्यालयको सचिवालयद्वारा

लाइसेन्स परीक्षामा ७५ प्रतिशत बढी परीक्षार्थी अनुत्तीर्ण

काठमाडौं। नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको पीसीएल तहको लाइसेन्स परीक्षामा ७५.६६ प्रतिशत बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । यही माघ १० देखि १४ गतेसम्म लिइएको परीक्षामा २४.३४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका हुन् । उक्त परिषद्का अनुसार, सबैभन्दा बढी डायलासिस टेक्नोलोजीमा ६६ प्रतिशत र सबैभन्दा कम डेन्टल हाइजिनमा १४ प्रतिशत

कोरियाली लगानीलाई स्वागत गर्न तयार छौँः परराष्ट्रमन्त्री साउद

काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा कोरियाली लगानीलाई स्वागत गर्न तयार रहेको बताएका छन् । नेपाल र कोरियाको द्वैत्य सम्बन्ध सुरु भएको ५०औँ वर्षगाँठको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले हाल नेपालमा लगानी गरिरहेका कोरियाली कम्पनीको प्रशंसा समेत गरेका छन् । नेपाल र कोरियाबीच सन् १९७४ मे १५ मा

सम्वन्धित समाचारहरु