Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

मिसन ८४ बाट एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुन्छः ओली


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, मिसन ८४ बाट नेकपा एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुने दाबी गरेका छन् ।

त्यस्तै, सोमबार काठमाडौंमा आयोजित नेपाल ट्रेड युनियन आन्दोलनको ७७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा बहुमत ल्याउने मात्र नभइ एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने मिसन भएकाले जस्तो सुकै अवस्थामा पनि मिसन ८४ नछोड्ने बताएका हुन् ।

उनले भने, ‘देशमा परिवर्तनको आवश्यक छ । परिवर्तन हुन्छ र जे सुकै परिवर्तन भएपनि हामी मिसन ८४ छोड्दैनौ राष्ट्रिय शक्तिलाई अथवा नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने हाम्रो गर्ने हाम्रो उद्देश्य हो मिसन ८४ चुनावमा बहुत ल्याउने मात्र होइन् त्यो भन्दा माथिको कुरा छ ।’ अध्यक्ष ओलीले अहिले व्यवस्था बद्लियो अवस्था बदल्न बाँकी छ भन्ने गलत भाष्य निर्माण भएको टिप्पणी गरे ।

‘आज उल्टो हल्ला चल्ने गरेको छ । व्यवस्था बद्लियो अवस्था बदल्न बाँकी छ भन्ने यो नै गलत भाष्य हो । उनले भने, ‘मजदुरको अवस्था यस्तै थियो उहिले नेपालमा मजदुर आन्दोलन सुरु हुँदा अवस्था त्यस्तै थियो । सामाजिक सुरक्षा, सम्मानित र सुरक्षित रोजगार लगायतमा के मजदुर वर्गले लाभ लि पाए ?’

समाजको उल्लेखनीय हिस्सा गरिबीको रेखामुनि भएको भन्दै यस्तो स्थितिलाई तोड्नका लागि जिफन्टले चालेको कदम उत्कृष्ट रहेको उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?