Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

मिसन ८४ बाट एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुन्छः ओली


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, मिसन ८४ बाट नेकपा एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुने दाबी गरेका छन् ।

त्यस्तै, सोमबार काठमाडौंमा आयोजित नेपाल ट्रेड युनियन आन्दोलनको ७७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा बहुमत ल्याउने मात्र नभइ एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने मिसन भएकाले जस्तो सुकै अवस्थामा पनि मिसन ८४ नछोड्ने बताएका हुन् ।

उनले भने, ‘देशमा परिवर्तनको आवश्यक छ । परिवर्तन हुन्छ र जे सुकै परिवर्तन भएपनि हामी मिसन ८४ छोड्दैनौ राष्ट्रिय शक्तिलाई अथवा नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने हाम्रो गर्ने हाम्रो उद्देश्य हो मिसन ८४ चुनावमा बहुत ल्याउने मात्र होइन् त्यो भन्दा माथिको कुरा छ ।’ अध्यक्ष ओलीले अहिले व्यवस्था बद्लियो अवस्था बदल्न बाँकी छ भन्ने गलत भाष्य निर्माण भएको टिप्पणी गरे ।

‘आज उल्टो हल्ला चल्ने गरेको छ । व्यवस्था बद्लियो अवस्था बदल्न बाँकी छ भन्ने यो नै गलत भाष्य हो । उनले भने, ‘मजदुरको अवस्था यस्तै थियो उहिले नेपालमा मजदुर आन्दोलन सुरु हुँदा अवस्था त्यस्तै थियो । सामाजिक सुरक्षा, सम्मानित र सुरक्षित रोजगार लगायतमा के मजदुर वर्गले लाभ लि पाए ?’

समाजको उल्लेखनीय हिस्सा गरिबीको रेखामुनि भएको भन्दै यस्तो स्थितिलाई तोड्नका लागि जिफन्टले चालेको कदम उत्कृष्ट रहेको उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?