Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप


बलेवा,बागलुङ। बागलुङको जैमिनी नगरपालिका–१ को वडा कार्यालयले वडाभित्र रहेका पाँच सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विद्यालयबाट माग भई आएका निवेदनका आधारमा ल्यापटप वितरण गरिएको हो । प्राथमिक तह सञ्चालनमा रहेका विद्यालयलाई प्रविधिमैत्री शिक्षण सिकाइका लागि ल्यापटप उपलब्ध गराइएको वडाध्यक्ष विष्णु आचार्यले बताएका छन् ।

विद्यालयमा मात्रै नभई प्रयोगात्मक काममा विद्यालय बाहिर जाँदा पनि ल्यापटप लैजान सजिलो हुने भएकाले विद्यालयलको मागका आधारमा ल्यापटप हस्तान्तरण गरिएको उनले बताए ।त्यस्तै, वडाध्यक्ष आचार्यका अनुसार कुश्मी प्राथमिक विद्यालय, सिद्धिगणेश प्राथमिक विद्यालय, जनचेतना प्राथमिक विद्यालय, सरस्वती प्राथमिक विद्यालय र जैमिनी प्राथमिक विद्यालयलाई ल्यापटप प्रदान गरिएको छ भने सो वडा कार्यालयमा आयोजित एक समारोहमा नगर शिक्षा अधिकारी खेम आचार्यले विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप हस्तान्तरण गराएका छन् ।

उनले वडामै रहेका शान्ति माध्यमिक विद्यालय र पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयलाई भने अन्य कार्यक्रममा सहभागी गराइने बताएका छन् । चालु आर्थिक वर्षमा प्राथमिक विद्यालयमा ल्यापटप वितरणका लागि वडा कार्यालयले रु तीन लाख ५० हजार विनियोजन गरेको थियो । उनका अनुसार प्रतिल्यापटप रू ७० हजारका दरले खरिद गरिएको हो ।

“कम्तीमा प्राविधिक विषय प्रोजेक्टरका माध्यमबाट पढाउन सकियोस्, विद्यार्थीलाई शिक्षण सिकाइमा प्रविधिको प्रयोग गर्न सकियोस् भन्ने हो”, वडाध्यक्ष आचार्यले भने, “यो सुरुआत हो, यसको नतिजाका आधारमा बाँकी कार्यक्रम बनाउँछौँ ।” सामाजिक विकासका क्षेत्रमा पूर्वाधार विकासमा भन्दा धेरै लगानी गर्ने वडाको योजना रहेको छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?