Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा


गोरखा। जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई उजुरी गर्न तथा गुनासो र सुझाव दिनका लागि क्युआर कोड प्रयोगमा ल्याएको छ । कार्यालयले प्रवाह गर्ने सेवा प्रवाहलाई छिटोछरितो, पारदर्शी र जवाफदेही बनाउन क्युआर कोड प्रयोगमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिएका छन्।

“अबदेखि प्रहरी कार्यालयमा उजुरीका लागि सेवाग्राहीले क्युआर कोड पनि प्रयोग गर्न सक्छन्”, उनले भने, “त्यसबाहेक प्रहरी कार्यालयमा गुनासो तथा सुझाव दिन चाहेमा पनि सेवाग्राहीले क्युआर कोडको प्रयोग गर्नसक्ने व्यवस्था कार्यालयले गरेको छ ।” कार्यालयले बिहीबारदेखि क्युआर कोड प्रयोगमा ल्याएको हो ।

प्रहरी कार्यालयमार्फत प्रदान गरिने सेवालाई प्रविधियुक्त बनाउँदै लैजाने उद्देश्यका साथ क्युआर कोड सेवा सुरु गरिएको सूचना अधिकारी खड्काको भनाइ छ । “क्युआर कोडको प्रयोगले प्रहरीको सेवालाई छिटोछरितो गर्न पनि सहज हुनेछ”, उनले भने, “सेवा प्रवाहको व्यवस्थापन, जवाफदेही, पारदर्शी बनाई नागरिक सु–सम्बन्ध एवं सुशासन कायम गर्न यसले थप सहयोग पुग्नेछ ।”

त्यस्तै, सेवाग्राहीलाई क्युआर कोड प्रयोग गर्न कार्यालय आउँदा सहजै देखिनसक्ने ठाउँमा क्युआर कोड टाँसिएको बताउदै नागरिकसँग प्रहरीको सहज पहुँच विस्तारका लागि प्रविधिको प्रयोगले सहयोग पुग्ने प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?