३०,असार ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति पूर्वराष्ट्रपति डा रामवरण यादवले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्वराष्ट्रपति डा यादवले आज प्रधानमन्त्री र उनको परिवारप्रति समवेदना प्रकट गरेका हुन् । आजै पूर्वराष्ट्रपति विद्या भण्डारीकातर्फबाट पनि माधव भण्डारीले पनि प्रधानमन्त्री र उनको परिवारलाई भेट
३०,असार ,वीरगञ्ज । स्वदेशी लगानीमा सञ्चालित उद्योगहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा विशेष जोड दिइएको छ । बाराको जितपुरमा आज आयोजित एक कार्यक्रमका वक्ताहरूले स्वदेशी उद्योगका प्रवर्द्धनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताएका हुन् । बारा–पर्सा औद्योगिक करिडोरमा नेपाल सेरामिक इन्डष्ट्रिज प्रालिद्वारा सञ्चालित नेपोभिट टाइल्स कम्पनीले आयोजना गरेको अन्तक्र्रियाका वक्ताले स्वदेशी
३०,असार ,काठमाडौँ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ । हालसम्म दुई लाख ६० हजार ८२ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ । सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो
३०,असार ,ढोरपाटन । बागलुङमा एक पुरुषको शव फेला परेको छ । गलकोट नगरपालिका–५ भैँसेस्थित खरबारीमा ताराखोला गाउँपालिका–५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । प्रहरीका अनुसार आज बिहान ८ बजे खरबारीको बाटो नजिकै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए
३०,असार ,सियोल । दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दक्षिण कोरिया आफ्नो ग्रीष्मकालीन मनसुनको मौसमको चरमोत्कर्षमा छ र विगत तीन दिनदेखि भारी वर्षा भइरहेको छ । बर्षाका कारण व्यापक बाढी
३०,असार ,बनियानी । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ । निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दशजगामा रहेको १४०/१५ नंको सीमा स्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । शुक्रबार दिउँसो आएको बाढीले उक्त सीमा स्तम्भ बगाएको भन्दै
३०,असार ,काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने एक सय ४९ जना सवारी चालकलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो । नेपाल
३०,असार ,चितवन, । नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । भरतपुरमा उद्योग रहेको छ । सो कम्पनीले तयार गरेको १० कन्टेनर पशुआहार पहिलो दिन चीन पठाइएको हो । कम्पनीका अनुसार अब
३०,असार ,गोरखा । गोरखाको आरुघाट गाउँपालिका–२ छापठोट्नेरीस्थित सुकुन्द्र खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ । धार्चे गाउँपालिका–२ केरौजा घर भएका १५ वर्षीय कबिन्स गुरुङको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए । मान्वुस्थित श्री
काठमाडौंः परिवर्तन अभियान नेपालले काठमाडौँको तारकेश्वर नगरपालिकाबाट एसईई उत्तीर्ण छात्रछात्रा र विद्यालयलाई सम्मानित गरेको छ । शनिबार राजधानीको नेपालटारमा आयोजित कार्यक्रमका बीच सामुदायिक र संस्थागत विद्यालय तथा छात्रछात्रालाई सम्मानित गरिएको हो । यस वर्षको एसईईमा संस्थागत विद्यालयबाट छात्रातर्फ रश्मि पोख्रेल, सहारा लोहनी र आकृति सुनार ४।० जीपीए ल्याएर सर्वोत्कृष्ट भएकामा