Trending
>>   अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा >>   रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा >>   बालेनलाई ओलीको बधाई सन्देश :पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् >>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित >>   रास्वपाले विजय र्‍याली नगर्ने, जितको उन्मादमा विपक्षीलाई गालीगलौज नगर्न कार्यकर्तालाई लामिछानेको निर्देशन >>   रास्वपाले जनताको युगौं युगदेखिको समस्या समाधान हुनेगरी काम गर्छः सोविता गौतम >>   हाम्रो कुटनीति ‘विकास कुटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैनः रवि लामिछाने >>   मदिरा बिक्री र रात्रीकालीन व्यवसायमाथि लगाइएको प्रतिबन्ध हटाइयो >>   हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ >>   जेन–जी आन्दोलनको मर्म अनुसार काम गर्नेछुः उत्तमप्रसाद पौडेल
Logo
२४ फाल्गुन २०८२, आईतवार
२४ फाल्गुन २०८२, आईतवार

प्रधानमन्त्री प्रचण्डलाई भेटेर पूर्वराष्ट्रपति डा यादवद्वारा समवेदना व्यक्त


३०,असार ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसङ्गिनी सीता दाहालको निधनप्रति पूर्वराष्ट्रपति डा रामवरण यादवले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर पूर्वराष्ट्रपति डा यादवले आज प्रधानमन्त्री र उनको परिवारप्रति समवेदना प्रकट गरेका हुन् । आजै पूर्वराष्ट्रपति विद्या भण्डारीकातर्फबाट पनि माधव भण्डारीले पनि प्रधानमन्त्री र उनको परिवारलाई भेट गरी दुःख व्यक्त गरेका छन् ।

यस्तै, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिले पनि प्रधानमन्त्री प्रचण्डलाई समवेदना प्रकट गरेको छ भने सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु बुद्धिमान तामाङ, रवीन्द्र मिश्रलगायतले पनि समवेदना प्रकट गरेका छन् । यस्तै, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुले पनि प्रधानमन्त्री निवास बालुवाटार पुगी समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार राजनीतिक दलका नेता तथा कार्यकर्ता एवम् शुभेच्छुकले प्रधानमन्त्री पत्नी सीताको तस्विरमा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गरे । प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि साँझ र बिहानको समय निर्धारण गरेको छ ।


प्रकाशित मिति: ३० असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?