Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२७ पुष २०८२, आईतवार
२७ पुष २०८२, आईतवार

समाचार


रोम विधान अनुमोदन गर्न आयोगको आग्रह

१ ,श्रावण ,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन प्रक्रिया तत्काल अघि बढाउन सरकारलाई आग्रह गरेको छ । फौजदारी न्यायसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (जुलाई १७) का अवसरमा आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले आज जारी गरेको प्रेस विज्ञप्तिमा रोम विधान अनुमोदन प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ

नेकपा(एस)को सचिवालय बैठक स्थगित

१ ,श्रावण ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले भोलि बिहान ९ बजे पुनः बस्ने गरी बैठक स्थगित गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले

दीगो विकास लक्ष्य हासिल गर्न अल्प विकसित मुलुकलाई ठूलो चुनौति छ : अर्थमन्त्री डा. महत

  १ ,श्रावण ,काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताउनु भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो बैठकमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो, अल्पविकसित मुलुकका राजस्व श्रोतमा कमी र बढ्दो ऋणका बीचमा दीगो विकास

आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब २६ करोड भन्दा बढि चोरीपैठारीको सामान बरामद

१ ,श्रावण ,काठमाडौँ । आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब २६ करोड भन्दा बढि चोरीपैठारीको सामान बरामद आर्थिक वर्ष २०७९/०८० मा चोरीपैठारीका सामान नियन्त्रणमा लिई सशस्त्र प्रहरी बल नेपालले १ अर्ब २६ करोड ४४ लाख २४ हजार ३ सय ७० रुपैयाँ बराबरको भन्सार दाखिला गरेको छ । आर्थिक वर्ष २०७८/०७९

बिम्स्टेक सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरुबीचको बैठक थाइल्यान्डमा

१ ,श्रावण ,काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरुबीच एकआपसमा सहयोग सुदृढ पार्ने उपायहरूबारे छलफल भएको छ। थाइल्यान्डको राजधानी बैंककमा सोमबार बिम्स्टेक सदस्य मुलुकका विदेशमन्त्रीहरुबीच आपसी सहयोगलाई सुदृढ पार्ने उपायहरूबारे छलफल भएको हो। छलफलका क्रममा ऊर्जा सहयोग, प्रसारण लाइन विस्तार,

मन्त्री मोदी र मेयर बालेनबीच भेटवार्ता

१ ,श्रावण ,काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्रालय र काठमाडौं महानगरबीचको सहकार्य र समन्वयका सन्दर्भमा कुराकानी भएको छ । मेयर शाहले काठमाडौं महानगरका जग्गा प्राप्ति सम्बन्धी समस्या,

घट्यो सार्वजनिक यातायातको भाडा

१ ,श्रावण ,काठमाडौँ ।सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ। स्वचालित मूल्य प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको छ । स्वचालित प्रणालीअनुसार आइतबार बेलुका देखि डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटाएको छ। सोहि अनुरुप विभागले

आन्तरिक उडानको हवाई भाडा बढ्ने

१ ,श्रावण ,काठमाडौँ ।आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने जनाएको हो । सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य

उर्जा उद्यमी पोखरेललाई अमेरिकी अवार्ड

१ ,श्रावण ,काठमाडौँ । उर्जा उद्यमी कविता पोखरेलले अमेरिकाको प्रतिष्ठित अवार्ड ‘आउट स्ट्याण्डिङ लिडरसिप एण्ड सर्भिस अवार्ड‘ पाएकी छन् । पोखरेल स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) की नवनिर्बाचित सचिव हुन् । उनी हिमशिखर पावर कम्पनीकी अध्यक्ष हुन् । उनी लिबर्टि इनर्जी कम्पनी र आशा लघुवित्तकी संचालक हुन् ।

नेपालमा स:शुल्क प्रसारण हुने विदेशी टेलिभिजन च्यानल आजदेखि बन्द

१ ,श्रावण ,काठमाडौँ । सरकारले आज साउन १ गतेदेखि सबै स:शुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ । ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम वितरकहरुले च्यानलहरुको प्याकेजहरु उपलब्ध नगराएकाले स:शुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रशारण विभागले जनाएको

सम्वन्धित समाचारहरु