Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

बिम्स्टेक सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरुबीचको बैठक थाइल्यान्डमा


१ ,श्रावण ,काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका परराष्ट्र (विदेश) मन्त्रीहरुबीच एकआपसमा सहयोग सुदृढ पार्ने उपायहरूबारे छलफल भएको छ।

थाइल्यान्डको राजधानी बैंककमा सोमबार बिम्स्टेक सदस्य मुलुकका विदेशमन्त्रीहरुबीच आपसी सहयोगलाई सुदृढ पार्ने उपायहरूबारे छलफल भएको हो। छलफलका क्रममा ऊर्जा सहयोग, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा, तथा प्रविधिसहितका क्षेत्रहरूमा कुरा भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिनुभयो। ‘बैंककमा हामी बिम्स्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले आपसी सहयोगलाई सुदृढ पार्ने उपायहरूमा फलदायी छलफल गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘ऊर्जा, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा, र प्रविधि हाम्रो छलफलका प्रमुख क्षेत्रहरू थिए।’

 

बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्रमन्त्री साउद आइतबार बैंकक जानु भएको थियो। उहाँ दिउँसो साढे एक बजे थाई स्माइल एयरवेजको जहाजबाट बैंकक पुग्नु भएको थियो। बिम्स्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छन्।

बैंककमा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच साइडलाइन वार्ता भएको छ। वार्तालाई भारतीय विदेशमन्त्री एस जयशंकरले फलदायी भनेका छन् ।

‘नेपालका विदेशमन्त्री नारायण प्रकाश साउदसँग राम्रो भेटवार्ता भएको छ । हाम्रो नेतृत्वद्वारा निर्धारित सहयोगका एजेन्डा लागू गर्न मिलेर काम गर्ने कुरामा हामीले सहमति जनाएका छौँ’, जयशंकरले भनेका छन् ।
उनले भेटवार्तापछि नेपालसँग आपसी हितका विषयमा निरन्तर सम्पर्कमा रहेर काम गर्न आफू तयार रहेको पनि बताएका छन् ।

परराष्ट्रमन्त्री साउद साउन २ गते मंगलबार थाइ स्माइल एयरवेजकै जहाजबाट स्वदेश फर्किने कार्यक्रम छ।


प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?