१० श्रावण, काठमाडाैँ । नापतौलयन्त्रको तोकिएको समयमा नवीकरण नगराउने र तौलमा ठगी गर्ने एक हजार चार सय ३६ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई जरिवानासहित कारबाही गरिएको वीरगन्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले जनाएको छ । उक्त कारबाहीमा ठूला आद्यौगिक र व्यावसायिक प्रतिष्ठानदेखि साना व्यवसायीसमेत परेका छन् । वारा, पर्सा, रौतहट, मकवानपुर तथा चितवन
१० श्रावण, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) यही साउन तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकका लागि तयारीमा जुटेको छ । कार्यवाहक पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा आसन्न केन्द्रीय समिति बैठकको तयारीका सम्बन्धमा अनौपचारिक छलफल भएको बताइएको छ । बैठकमा केन्द्रीय समिति
१० श्रावण, काठमाडाैँ । नेपाल प्रहरी र प्रदर्शनमा उत्रिएका लघुवित्त पीडितबिच झडप भएको छ । काठमाडाैँको बानेश्वरमा उक्त झडप भएको हो । माइतिघरबाट प्रदर्शन गर्दै नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने पुगेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा उनीहरूले छेकबार नाघ्न खोजेपछि स्थिति झडपमा पुगेको हो । प्रहरीले बानेश्वरबाट
१० श्रावण, काठमाडाैँ । काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार स्नातक तहमा जनप्रशासन तथा व्यवस्थापन र
१० श्रावण, काठमाडाैँ । तीनै तहको सरकारका अनुदान लिएर चलेका राजधानी वरपरका कृषि फार्ममा सरकारले नियमन भने नगर्ने गरेको स्थानीयवासीको गुनासो छ । राजधानीको काठ क्षेत्रमा रहेका नगरपालिकाका खाली भागमा प्लाष्टिक टनेलमा तरकारी खेती गर्ने क्रम बढेको छ । तीमध्ये धेरैले कुनै न कुनै सरकारबाट अनुदान लिएका छन् तर त्यसको अनुगमन
१० श्रावण, काठमाडाैँ । एड्भोकेसी फोरम–नेपालले निर्मला पन्तको क्रूर हत्या र बलात्कार गरिएको पाँच वर्ष बितिसक्दा पनि पीडितले अहिलेसम्म न्याय पाउन नसकेकोमा चिन्ता व्यक्त गरेको छ । उक्त घटनामा निष्पक्ष र स्वतन्त्ररूपले तत्काल अनुसन्धान गर्न तथा पीडकहरूलाई कानुनबमोजिम सजाय गर्न माग गरिएको फोरम नेपालका निर्देशक विकास बस्नेतले आज जारी गर्नुभएको प्रेस
१० श्रावण, एजेन्सी । भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवद्र्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसङ्घलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसङ्घको विश्व सञ्चार विभागकी उपसचिव मेलिसा फ्लेमिङलाई उक्त रकम
१० श्रावण, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । सुन तस्करी प्रकरणबारे छलफल गर्न रास्वपाले संसदीय दलको बैठक बोलाएको हो। गत बिहीबार त्रिभुवन विमानस्थलबाट जाँच पास भइ बाहिरिने क्रममा रहेको एक क्विन्टल सुन भन्सार राजश्व विभागले बरामद गरेकाे थियो । अहिले यस विषयले चर्चा पाइरहेको छ ।
१० श्रावण, काठमाडाैँ । सर्वोच्च अदालतको पूर्ण इजलासमा आज कोशी प्रदेशमा सरकार गठन प्रक्रियाविरुद्धको मुद्दाको सुनुवाइ हुँदैछ । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति बदरको माग गर्दै दायर भएको मुद्दा सर्वोच्चको पूर्ण इजलासमा मङ्गलबारदेखि सुनुवाइ सुरु भएको हो । मङ्गलबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त मुद्दाको
१० श्रावण, काठमाडाैँ । मानसिक अवस्था ठिक नभएकी बहिनीले मङ्गलबार राति दिदीको घर गोठमा आगो लगाइदिएकी छन् । जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङकी ३२ वर्षकी मीना विकले दिदी दुर्गा विकको दुईतले जस्ताले छाएको घर र दुईतले खरले छाएको गोठमा आगो लगाउँदा गोठ पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ