Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२७ माघ २०८२, मंगलवार
२७ माघ २०८२, मंगलवार

केन्द्रीय समिति बैठकको तयारीमा जुट्यो माओवादी


१० श्रावण, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) यही साउन तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकका लागि तयारीमा जुटेको छ । कार्यवाहक पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा आसन्न केन्द्रीय समिति बैठकको तयारीका सम्बन्धमा अनौपचारिक छलफल भएको बताइएको छ ।

बैठकमा केन्द्रीय समिति बैठकको व्यवस्थापन, दस्तावेज तथा कार्यक्रमिक विवरण पेसलगायत विषयमा छलफल भएको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । “यही साउन १७ गते बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सम्बन्धमा अनौपचारिक बैठक बसेको हो”, उनले भने । छलफललाई व्यवस्थित गर्ने, सामूहिक छलफल गर्ने कि छुट्टाछुट्टै धारणा राख्ने भन्नेबारे बैठकमा कुराकानी भएको उनको भनाइ थियो।

आजको बैठकमा केन्द्रीय समितिको बैठकको ‘एजेन्डा’ बारेमा कुनै छलफल नभएको सचिव उपाध्यायले जानकारी दिए । उनले इटाली भ्रमणमा रहेका प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएपछि बस्ने बैठकले एजेण्डा तय गर्ने बताए

“प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष स्वदेश फर्किएपछि यही साउन १३ गते बस्ने पदाधिकारी बैठकले एजेन्डा तय गर्छ”, सचिव उपाध्यायले भने । माओवादीको केन्द्रीय समिति बैठक यही साउन १७ गतेदेखि काठमाडौँमा बस्दैछ । बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश र आयोगका पदाधिकारी गरी करिब सात सय बढीको सहभागिता हुने जनाइएको छ । केन्द्रीय समिति बैठकको तयारीस्वरुप आजै अपराह्न ४ बजे पुनः पदाधिकारी बैठक बस्ने उाले जानकारी दिए ।


प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?